
काठमाडौं । यस दैनिकका प्रधानसम्पादक प्रा.पुरुषोत्तम दाहाल अमेरिकामा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाले उहाँलाई सम्मान अर्पण गरेको हो । रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यसम्म उल्लेखनीय योगदान पुर्याएको भन्दै महासंघले सम्मान अर्पण गरेको जनाएको छ ।
अमेरिका भ्रमणमा रहनुभएका बेला उहाँसँग अमेरिकाको भर्जिनिया मनासस शहरमा भेटघाट, चियापान र उहाँका कुरा सुन्ने कार्यक्रम महासंघले आयोजना गरेको थियो । महासंघ, अमेरिकाका सल्लाहकारसमेत रहनुभएका उहाँको त्यस अवसरमा विभिन्न व्यक्तित्वले यस क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । महासंघका सल्लाहकार, अग्रज पत्रकार, कान्तिपुर दैनिकका संस्थापक योगेश उपाध्यायले दाहालको पत्रकारिता इतिहासदेखि वर्तमानसम्मका बारेमा चर्चा गर्दै उहाँले पत्रकारिताको क्षेत्रमा दिनुभएको योगदान कहिल्यै बिर्सिन नसकिने बताउनुभयो ।
पत्रकार एवं पुरुषोत्तम दाहालका पत्रकारिताका शिष्य गौतम दाहालले उहाँको पत्रकारिता जीवनको बारेमा चिनारीसहित आफ्ना मन्तव्य राख्नुभएको थियो । सम्मानपश्यात दाहालले भन्नुभयो, ‘आज म अमेरिकामा यसरी सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको छ । आयोजकलाई धन्यवाद दिन्छु ।’ आफ्ना मन्तव्य राख्दै उहाँले भन्नुभयो, ‘अमेरिकामा बस्ने नेपालीले नेपालका नेतालाई सम्मान गर्ने र आफू अपमानित हुने काम नगर्नु होला । बरू आफूपछिको दोस्रो पुस्तालाई आफ्नो भाषा संस्कृति सिकाउने काम गर्नु होला । आफू जन्मेको माटोमा आफूले सिकेको अनुभव प्रयोग गर्न प्रेरणा दिनु होला ।’ उहाँले समसामयिक विविध विषयमा पनि आफ्ना आफूलाई लागेका कुराहरू साझा गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सम्मानित दाहालका बारेमा आफ्ना भनाइ राख्दै आफ्नो रेडियो पत्रकारिता र छापा पत्रकारिताको पनि अग्रज अभिभावक भएको बताउनुभयो । खनालले भन्नुभयो, ‘दाहालले नेपालका अग्रज पत्रकार जसले रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यसम्म महत्वपूर्ण योगदान दिनुभएका अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई अमेरिकामा रहेका समस्त पत्रकारहरू, नेपाली समुदाय, एन आर एनका तर्फबाट सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’
लेखक साहित्यकारहरू सीता पाण्डे, वसन्त श्रेष्ठ, प्रा.गोपी उप्रेतीदेखि उपस्थित विश्व बन्धु प्रसाईं हुँदै समाजका विभिन्न व्यक्तित्वले आ-आफ्ना भनाइ राख्दै दाहालका विविध पक्षको चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा वासिंटन डिसी मेट्रो एरियाका धेरै संघसंस्थाका अगुवाहरू पनि उपस्थित हुनुहुन्थ्यो । सोही अवसरमा दाहालद्वारा लिखित कृति ‘शान्ता’ पनि वितरण गरिएको थियो भने प्राडा.गोपी उप्रेतीको कृति ‘प्रकृत्या सह जीवनम’ पनि सार्वजनीकरण गरिएको थियो ।
प्रा.दाहालले सम्मानका लागि महासंघका अध्यक्ष रामप्रसाद खनाल, वरिष्ठ पत्रकार योगेश उपाध्याय, वरिष्ठ कवि साहित्यकार वसन्त श्रेष्ठ, वरिष्ठ पत्रकार गुणराज लुइँटेल र विश्वराज थापासहित केशव बराल, गौतम दाहाल, सीता पाण्डे, रामशरण हुमागाईं, रामचन्द्र सुवेदी, प्राडा.गोपी उप्रेती, प्रभा भट्टराई देउजा, विश्वबन्धु प्रसाईं, परशुराम भण्डारी, राम वस्याल, लक्ष्मीकान्त गौडेल, केदार तिमल्सिना, डिबी सागर, विशाल कार्की, मुकुन्द दाहाल, सुवोध रेग्मी, भरत रेग्मी, मधु भण्डारी, यशोदा भण्डारी र कार्यक्रममा उपस्थित सबै धन्यावाद दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच