रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । प्रहरीका अनुसार बुधबार राती करिब १ बजेको समयमा चट्याङ लागेर रोल्पाको सुनिलस्मृती गाँउपालिका-५ काप्जिङ बस्ने बर्ष १६ की धनमाया खत्रीको घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको बताइएको छ ।
यसैगरी चट्याङ लागी सोही ठाँउ बस्ने बर्ष १५ को नबिन खत्री र वर्ष १३ की लिला घर्ती घाईते भएको र घाइतेहरुको स्थानीय स्वास्थ संस्थामा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ । सोही ठाँउका स्थानीय टीका बहादुर घर्तीको घरमा चट्याङ लागेर दुई वटा बाख्रा समेतको मृत्यु भएको बताइएको छ ।
प्रहरीकाअनुसार सोही समयमा चट्याङ लागेर रोल्पाको सुनछहारी गाउँपालिका वडा-३ बस्ने कुल बहादुर बुढाको घरमा समेत सामान्य क्षति भएको र घरमा रहेको सोलारको प्यानल, ब्याट्री तथा साउन्ड बक्स जलेको बताइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर