
काठमाडौं । सर्जक जनक रावलको नयाँ गीत ‘याद आउँछ कान्छी’ सार्वजनिक भएको छ । जनककै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सर्जक/कलाकार जनकले अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को ग्राफिक रहेको छ । गीतमा गायक रावलले आफूले मन पराएकी मायालुको यादमा तडपिएको भाव प्रस्तुत गर्नु भएको छ । सपनामा पनि उनै मायालुसँग भेट भएको, विपनामा पनि मायालुकै झझल्कोले सताएको, एक्लै बाँच्न गाह्रो परेको, छिट्टै भेट्न र मनका कुरा साट्न मन लागेको गीतमा व्यक्त गरिएको छ । केही दिनअघिमात्र गायक रावलले वियोयोगान्त भावको गीत ‘म नरोएको रात’को भिडियो सार्वजनिक गर्नुभएको थियो ।
सानै उमेरदेखि कथा, कविता, नाटक, गीत गलज, मुक्तक लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका जनकका पाँच दर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । उहाँका ‘गोठालोमा गएको’, ‘म माया लाउँदिन’, ‘सिमसिमे पानीमा’, ‘अचानो’, ‘मलाई छोडी अर्कैसँग’, ‘पानी कुवाको’, ‘अ आ क का कि कि’, ‘उडिजाने पंक्षी’ लगायतका गीतले लोकप्रियता पाएका छन् । विसं. २०४९ मा उहाँले लेखेको नाटक ‘कोखको पीडा’ रेडियो नेपालबाट प्रसारण भएको थियो भने २०४९ सालमै ‘सुनको बाला’ बोलको गीत रेकर्ड गरेर उहाँले गीतसंगीत क्षेत्रको औपचारिक यात्रा सुरु गर्नुभएको थियो । उहाँको गतवर्ष कथासंग्रह ‘खाटा बसेको घाऊ’ पाठकमाझ आएको थियो ।
ा घटेको एक यथार्थ घटनालाई चलचित्रले बोल्नेछ । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो चलचित्र एकसाथ प्रदर्शनमा आउने बताइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच