
काठमाडौं । १५औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा ‘जुन माया’ बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ । अवार्ड समारोहमा राज सिग्देलले ‘हृदयमा’ बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले ‘मौसम आउला’बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्नुभएको थियो । त्यसैगरी श्रीधर अधिकारीले ‘छौ नि तिमी आहा’बाट संगीतकार, वैकुण्ठ महत र बेनिशा पौडेलले ‘पिरिम गाडी’बाट युगल गायन तथा विनोद श्रेष्ठ र उषा सुवेदीले ‘बिदाइ २’ बाट मोडल जोडीको अवार्ड प्राप्त गर्नुभएको थियो ।
गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा अर्जुन सापकोटाले ‘बस्यौ अलग्यै’बाट लोकदोहोरी गायक, कविता खत्रीले ‘नमस्ते ढोगदिया’बाट लोकदोहोरी गायिका, खेम पुनले ‘मर्ने सुई लाइदेऊ’बाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले ‘कन्या राशि’बाट लोकदोहोरी गीत रचना, निशान बानियाँले ‘भाग्यमै रुन लेखेको’बाट लोकदोहोरी भिडियो निर्देशक तथा पल शाह र नारायणी खत्रीले ‘काइँला’बाट लोकदोहोरी मोडलको अवार्ड जित्नुभयो ।
१७ प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको समारोहमा विशाल घिमिरेले ‘मेरी बाठी माया’ बोलको गीतबाट आधुनिक गीत म्युजिक भिडियो निर्देशक, अमृत चापागाईंले ‘मायाली’बाट भिडियो सम्पादक र पवन सुस्लिङले ‘मायालाई पानको पात’बाट छायाँकारको अवार्ड चुम्दा प्रेम सापकोटा सोनुले ‘अरू त के भनुँ मायालु’बाट गायनतर्फको नवप्रतिभाको अवार्ड प्राप्त गर्नुभयो । त्यस्तै, जुना विश्वकर्माले ‘माया आउने बस’बाट पब्लिक च्वाइस अवार्ड र सोही गीतबाट अनिल पौडेलले पपुलर अवार्ड चुम्नुभयो ।
जुरी अवार्डतर्फ भने ‘नेपालमा रेल कहिले आउला’बाट स्मृति तिमल्सिनाले निर्देशक, ‘कुरा बुझिदेऊ न’बाट सञ्जय देवकोटाले गायक, ‘हारेँ मैले मायामा’बाट विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय, ‘तल्लो बाटो’बाट खेम सेञ्चुरीले संगीतकार र ‘दुःख साटम्ला’बाट सन्तोष सापकोटाले अवार्ड चुम्नुभएको थियो ।
समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपैयाँसहित विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८१ बाट सम्मानित गरिएको थियो । त्यसैगरी गायिका संगीता शाक्यलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी संंगीत साधना सम्मानबाट सम्मानित गरिएको थियो भने गायिका निशा देसारलाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीतरत्न सम्मानबाट सम्मानित गरिएको थियो ।
समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी कला पत्रकारिता सम्मान र लोकगायक शिरिष देवकोटालाई २५ हजार रुपैयाँसहित झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिएको थियो । यस्तै, गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले स्वागत मन्तव्य राख्दै आगामी वर्षबाट प्रतिस्पर्धाको विधा घटाई सबै विजयीलाई नगद पुरस्कारको व्यवस्था गर्ने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच