
काठमाडाैं । गायक रामप्रसाद खनालकाे स्वरमा सजिएकाे नयाँ गीत "बाँकी छ हेर"काे भिडियाे सार्वजनिक भएकाे छ ।
खनालकै शब्द तथा थानेश्वर गौतमकाे संगीत रहेकाे गीतकाे भिडियाे युट्युव मार्फत् सार्वजनिक गरिएकाे हाे । गीतमा बीबी अनुरागीकाे संगीत संयोजन रहेकाे छ ।
खनाल आफैले पनि अभिनय गरेको यो गीतमा अहिलेका चर्चित कलाकार सराेज प्रजा र सोनी विश्वकर्मासहित एक दर्जन भन्दा बढी कलाकारहरूले अभिनय र नृत्य गरेका छन् । राकेश दाहालले सम्पादन गरेको भिडियोमा देव दोर्जे लामाकाे छायाङ्कन रहेकाे छ ।
१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनाल नेपालमा हुँदा मात्र होइन अमेरिकामा रहँदा पनि गीत संगीतमा उत्तिकै सक्रिय छन् । उनले हरेक वर्ष अमेरिका बाटै पनि एल्बमहरू निकाल्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच