कालीकोट । नेकपा (एकीकृत समाजवादी) पार्टी कालीकोटको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन चित्रसिंह गाउँले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको अधिवेशनको आईतवार सम्पन्न बन्द सत्रबाट गाउँले अध्यक्षमा सर्वसम्मत हुनुभएको हो ।
६७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चन्द्रबहादुर शाही, सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा मनसिंह धामी, धीरबहादुर शाही र रत्न मल्ललाई निर्वाचित हुनुभएको छ ।
पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, कर्णाली प्रदेश कमिटी इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्रप्रकाश पुरीसहितका नेताले सहजीकरण गरेर निर्विरोध नेतृत्व चयन भएको पार्टी स्रोतले बताएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच