
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजबाट सरकार परिवर्तनको हल्ला अन्त्य भएको बताउनु भएको छ।
सामाजिक सञ्जालमार्फत् एमाले महासचिव पोखरेलले नयाँ वर्षको सुरुवातसँग सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाटै अन्त्य भएको बताउनु भएको हो ।
साथै, उहाँले नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुन पनि आह्वान समेत गर्नुभएको छ ।
‘नयाँ वर्ष आरम्भसँगै सुरु भएको सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौं,’ उहाँले लेख्नुभएको छ ।
उहाँले लेख्नुभएकाे छ–
प्रमुख प्रतिपक्षदल नेकपा माओवादीका अध्यक्षसमेत रहनुभएको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा सरकार परिवर्तन हुने दाबी गर्दै आउनु भएको थियो ।
प्रचण्डको उक्त दाबी र सत्तारुढ दल नेपाली कांग्रेसकै केही नेताहरुले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको थियो ।
उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको थियो । सो भेटघाटपछि एमाले महासचिव पोखरेलको सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको भनाइ आएको हो ।
सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गर्नुभएको हो ।
सरकारका विषयमा अनावश्यक हल्ला फैलाइयो बारे उहाँहरुबीच कुराकानी भएको स्रोतले बतायो । यस्तै, दुई नेताबीच सरकारको कामलाई गति दिएर नतिजा दिनेगरी काम गर्ने समझदारी भएको बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच