लण्डन । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले पुनरागमन जित निकालेको छ । अर्जेन्टिनी स्टार जुलियन अल्भारेज चम्किएपछि सोमबार राती एट्लेटिकोले घरेलु मैदानमा रियाल भ्यालाडोलिडलाई ४-२ ले हराएको हो ।
एट्लेटिकोको जितमा अल्भारेजले दुई गोल गर्नुभयो । जिउलिआनो सिमोन र एलेक्जान्डर सार्लोथले समान एक गोल गर्नुभयो । खेलको २१औँ मिनेटमै मामाडोउले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाउनुभएको थियो । चार मिनेटपछि नै पाएको पेनाल्टी सदुपयोग गर्दै अर्जेन्टिनी स्टारले बराबरी गोल गर्नुभयो । सिमोनले २७औँ मिनेटमै टोलीलाई २-१ को अग्रता दिलाउनुभयो । पहिलो हाफमा २-१ ले पछि परेको भ्रमणकारी टोलीले सान्चेजको गोलमा ५६औँ मिनेटमा बराबरी गोल गरेको थियो । अर्को पेनाल्टीलाई सदुपयोग गर्दै ७२औँ मिनेटमा अल्भारेजले अग्रता ३-२ को बनाउनुभयो । एलेक्जान्डरले ७९औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाउनुभयो ।
भ्रमणकारी टोलीका लागि मामाडोउ सेला र जाभी सोन्चेजले समान एक गोल गर्नुभएको थियो । जितपछि तेस्रो स्थानमा पकड जमाएको एट्लेटिकोले युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । ३१ खेलबाट टोलीको ६३ अंक छ । यता, रियाल भ्यालाडोलिडको रेलिगेसन डर झनै बढेको छ । टोली समान खेलबाट १६ अंकसहित पुछारमा छ । ला लिगामा समान खेलबाट ७० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एजेन्सी ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु