काठमाडौं । प्रथम मुख्यमन्त्री सिक्किम उसु प्रो नाइट फाइटमा सहभागी हुन मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट पाँच खेलाडीसहित आठ सदस्यीय टोली मंगलबार सिक्किमको गङटोक प्रस्थान गरेको छ । आज (बुधबार) हुने प्रतियोगितामा विभिन्न पाँच तौल समूहमा नेपाल र सिक्किमका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्यले ६० केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकमा राजीव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँग सिक्किम जानुहुनेछ । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले बिदाइ गर्नुका साथै व्यक्तिगत रूपमा ट्र्याकसुट पनि प्रदान गरेको प्रशिक्षक महर्जनले जनाउनुभएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :