काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेल्ने दुई टोलीको टुंगो लागेको छ । एक खेल खेल्न बाँकी रहेका साबिक विजेता ललितपुर एफसी र उपविजेता धनगढी एफसी शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने निश्चित भएको हो । अपराजित रहेका दुवै टोलीले पाँच खेलबाट समान ११ अंक जोडेका छन् । अन्तिम खेलबाट लिग विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
प्लेअफको दुई टोलीका लागि चार टोलीको सम्भावना कायमै छ । लिग चरणका सबै खेल खेलेको काठमाडौं रेजर्स आठ अंकसहित तेस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी एफसी चितवन सात अंकसहित चौथो, पोखरा थन्डर्स एफसी पाँच अंकसहित पाँचौं र झापा एफसी चार अंकसहित छैटौं स्थानमा छ । बुटवल लुम्बिनी एफसी एक अंकसहित अंक तालिकाको पुछारमा छ । बुटवल लुम्बिनीबाहेकका अन्य टोलीको प्लेअफ खेल्ने सम्भावना कायमै छ ।
लिगका सबै खेल खेलेको काठमाडौंलाई प्लेअफमा पुग्न एफसी चितवन र पोखरा थन्डर्समध्ये एक टोलीको हारले पुग्नेछ । चितवनले अन्तिम खेलमा धनगढी एफसीलाई हराएमा प्लेअफमा स्थान सुरक्षित गर्नेछ । हार बेहोरेमा चितवनलाई प्लेअफमा स्थान बनाउन पोखरा र झापाले बराबरी वा हार्नुपर्ने हुन्छ । पोखरा र झापालाई प्लेअफमा पुग्न जितको विकल्प छैन ।
पोखराले लिगको अन्तिम खेल जितविहीन रहेको बुटवल लुम्बिनी एफसी र झापाले ललितपुर एफसीसँग खेल्नेछन् । दुवैलाई प्लेअफमा स्थान बनाउन ठूलो जित त आवश्यक पर्छ नै साथै चितवनले धनगढीसँग हार्नुपर्ने हुन्छ । पोखरालाई भने अन्तिम खेलमा जित र चितवनको हारले प्लेअफमा स्थान बनाउन पर्याप्त हुनेछ । झापा प्लेअफमा पुग्न पोखरा र चितवन ठूलो अन्तरले हार्नुपर्ने हुन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर