
काठमाडौं । यही वैशाख १९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘झिल्को’को पोष्टर सार्वजनिक गरिएको छ । यादवकुमार भट्टराई निर्देशित यो चलचित्रको सार्वजनिक पोष्टरमा स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ भने पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार देख्न सकिन्छ । यसले फिल्मको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकराबलाई संकेत गर्छ ।
यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गर्नुभएका भट्टराईले अभिभावक, शिक्षक, नीति निर्माता र सम्पूर्ण समाज मिलेर बालबालिकालाई डिजिटल कुलतबाट जोगाउनु आजको आवश्यकता रहेका कारण चलचित्रको माध्यमबाट आफूले कथा भन्न खोजेको बताउनुभयो ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, जेभीश श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
दीपक बज्राचार्यले छायांकन गरेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ । चलचित्रको कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गर्नुभएको छ ।
‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पार्नुभएको हो भने मिडिया फर कल्चर प्रालिको प्रस्तुति रहेको छ । यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहनुभएको छ भने जनता टिभीको निर्माण सहकार्यमा चलचित्र तयार भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच