
झापा । हरेक नयाँ वर्षको सुरुवातसँगै झापासहित पूर्वी तराईका तीन जिल्ला (झापा, मोरङ, सुनसरी) मा सिरुवा पाब्नी (सिरुवा पर्व) हर्सोउल्लासका साथ मनाइदै छ । तीन जिल्लामा बसोबास गर्ने आदिवासी समुदायले सिरुवा पर्व हर्षोल्लासका साथ मनाउँदै आएका छन्।
विशेषगरी झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी समुदायमा हरेक वर्ष हर्षोल्लासका साथ सिरुवा पर्व मनाउने चलन छन्। सिरुवा पर्व तीन दिनसम्म मनाइन्छ ।
नयाँ वर्षका वैशाख १ गते पानी सिरुवा, २ गते कादाे (हिलो) सिरुवा र ३ गते रङ सिरुवा मनाउने प्रचलन छ । हिजो पानी सिरुवा मनाएको आदिवासी समुदायले आज कादाे सिरुवा धुमधामका साथ मनाएको छ। भोलि रङ सिरुवा हो । आपसमा रङ खेल्दै सिरुवाको विधिवत् रुपमा समापन गरिन्छ।
भ्रातृत्व र बन्धुत्वलाई प्रगाढ बढाउन आपसमा शुभकामना आदान–प्रदान गर्दै सामुहिक रुपमा आदिवासी समुदायले यो पर्व मनाउँदै आएको मेचीनगरका बब्लु राजवंशी बताउनु हुन्छ । उहाँका अनुसार राजवंशी समुदायले चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ। सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवी र अन्य देवदेवीको समेत पूजाअर्चना गर्ने चलन छ।
सिरुवा पावनी तराईमा बस्ने आदिवासी समुदायको सबैभन्दा ठूलो चाड हो। यो पर्व नयाँ वर्षमा बंगला पात्रो अनुसार मनाउने गरिन्छ । नयाँ वर्षको सुरुवाती तीन दिन ९(वैशाख १, २ र ३ गते ) मनाउने चलन रहेको राजवंशी समाजका अगुवा सन्तोष राजवंशी बताउनु हुन्छ । यो परापूर्वकाल्देखि चलिआएको धार्मिक र सांस्कृतिक परम्परा हो ।
उहाँका अनुसार सिरूवा पर्वको अवसरमा आदिवासी समुदायले बर्सेनि सामुहिक रूपमा ढोलसना नाच, नटुवा नाच, घाट सरी गीतलगायत विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरी मनाउने गरिन्छ । यसतर्फ सरकारले खासै चासो नदिएको उहाँको दुखेसो छ । यद्यपि, प्रदेश सरकारले यी तीन जिल्लामा वैशाख २ गते सार्वजनिक विदा दिँदै आएको छ ।
सरकारी बेवास्ताका कारण आफ्नो समुदाय र जातीय कला,संस्कृति ओझेलमा पर्दै गएको उहाँको दुखेसो छ । तीन तहका सरकारले राजवंशी कला, संस्कृतिलाई सम्बर्द्धन र संरक्षणमा ध्यान दिनु पर्ने माग गर्नुभयो । प्रबर्द्धन बिना कला, संस्कृति संरक्षण हुन नसक्ने उहाँको ठम्याइ छ ।
यो पर्व नेपाल बाहेक भारतको आसाम, पश्चिम बङ्गालका विभिन्न जिल्लामा पनि तीन दिनसम्म हर्षोल्लासका साथ मनाउने प्रचलन छ । यो कोचविहार संस्कार र संस्कृतिको स्थान भएको राजवंशी समुदायका अगुवाहरु बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच