काठमाडौं । एनआइसी एसिया बैंकले नयाँ वर्ष २०८२ का अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा ग्राहकका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको छ । योजनामा सहभागी हुने ग्राहकले आइफोन १६ जित्न सक्नेछन् ।
योजनामा सहभागी हुन ग्राहकले बैंकको मोबाइल बैंकिङ एप (मो बैंक) मार्फत् सय रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्नेछ । योजना अवधि समाप्तिपछि योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एकजना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आइफोन १६ प्रदान गरिनेछ । यो अफर वैशाख ३१ गतेसम्म रहने बैंकले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच