
काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म एक महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले पहिलोपटक पस मेसिन वा अनलाइनमार्फत् एक हजार वा बढीको कारोबारमा १८ प्रतिशत वा बढीमा एक सय ८० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ ।
त्यसैगरी सिटिजन्स मोबाइल बैंकिङमार्फत् क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पनि पाँच सय वा सोभन्दा बढीको कारोबारमा १८ प्रतिशत वा बढीमा एक सय ८० रुपैयाँ क्यासब्याक प्रदान गरिने बताइएको छ । साथै फोनपे मर्चेन्टले आफ्नो व्यावसायिक कारोबार रकम क्युआरमार्फत् प्राप्त गर्दा प्रत्येक दिन एकजनालाई एक हजार आठ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । बैंकले योजना अवधिभरमा इ कम कार्ड लिई पहिलोपटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलोपटक मोबाइल बैंकिङमार्फत् मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रुपैयाँ क्यासब्याक पाइनेछ ।
बैंकको एक मोबाइल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाइट टिकट प्राप्त हुनेछ । वार्षिकोत्सवकै अवसरमा वैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाले आमसर्वसाधारण नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई बढावा मिल्ने विश्वास बैंकले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच