
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध इतिहासकै सबैभन्दा सानो योगफल बनाएको छ । मुल्लनपुरको मैदानमा ११२ रनको लक्ष्य पछ्याएको कोलकाताले एक समय दुई विकेट गुमाएर ६२ रन बनाएको थियो । तर, त्यसपछि उसको विकेट लगातार खसिरहृयो । कोलकाताले ३३ रन बनाउँदा आठ विकेट गुमाएको थियो, जसले खेल हातबाट बाहिरिएको हो ।
पञ्जाबले गत सिजन कोलकातालाई यसरी नै हराएको थियो । त्यसपछि पञ्जाबले आइपिएलको सबैभन्दा ठूलो लक्ष्य पछ्याएको थियो । कोलकाताले पञ्जाबलाई २६२ रनको लक्ष्य दिएको थियो, जुन पञ्जाबले जोनी बेयरस्टोको शतकको मद्दतमा १९औँ ओभरमा पूरा गरेको थियो ।
योसँगै पञ्जाब आइपिएल इतिहासकै सबैभन्दा ठूलो रन चेज र सबैभन्दा सानो योगफल जोगाउने टिम बनेको छ । दुवै पटक कोलकाता नै पञ्जाबको शिकार बनेको छ । मुल्लानपुर मैदानमा भएको खेलमा पञ्जाबले कोलकातालाई १६ रनले पराजित गरेको हो । पञ्जाबका युजवेन्द्र चाहलले चार विकेट लिनुभयो । योसँगै कोलकाताको टोली ९५ रनमा अलआउट भयो र पञ्जाबले सिजनको चौथो जित हात पार्यो ।
आइपिएलमा अब अम्पायरले ब्याट परीक्षण गर्ने
आइपिएलमा अब प्रत्येक ब्याट्सम्यानले ब्याटिङका लागि गार्ड लगाउनुअघि आफ्नो ब्याट परीक्षण गराउनुपर्ने भएको छ । अब खेलाडीले ब्याटिङ सुरु गर्नुअघि अम्पायरले ब्याट जाँच गर्ने भएका हुन् । चौथो अम्पायरले ओपनिङ ब्याट्सम्यानहरूले पिचमा पाइला राख्नुअघि उनीहरूको ब्याट नाप्नेछन् भने पछि मैदानमा आउने ब्याट्सम्यानहरूको ब्याट मैदानमा उपस्थित अम्पायरहरूले जाँच गर्नेछन् ।
आइपिएलमा धेरै ब्याट्सम्यानले तोकिएको सीमाभन्दा ठूलो ब्याट प्रयोग गरेको घटना बाहिर आएपछि यो कदम चालिएको हो । अहिलेसम्म आइपिएलमा यस्तो गर्ने ब्याट्सम्यानहरूलाई चेतावनी दिएर छोड्ने गरिएको थियो । मैदानमा पारदर्शिता र समानता ल्याउन आइपिएलले यो कदम चालेको हो । इंग्लिस काउन्टी सर्किट टोली नटिङघमशायरले गत वर्ष ब्याटसँग सम्बन्धित नियमहरू उल्लंघन गरेका कारण केही अंक गुमाउनुपरेको थियो ।
क्रिकेटमा ब्याट्सम्यानको ब्याट कति चौडा र गह्रौं हुन सक्छ भन्नेबारे नियमहरू स्पष्ट छन् । क्रिकेटमा ब्याटको दुई भाग हुन्छन्, एउटा ब्लेड र अर्को हृयान्डल । ब्याटको हृयान्डल उखु वा काठबाट बनेको हुनुपर्छ । ब्याट्सम्यानको पकड बलियो बनाउन हृयान्डलमा ग्रिप जडान गर्न सकिन्छ । सामान्यतया यो ग्रिप रबरबाट बनेको हुन्छ । एमसिसी अर्थात् मेरिलेबोन क्रिकेट क्लबको नियमअनुसार हृयान्डलसहित ब्याटको कुल लम्बाइ ३८ इन्च वा ९६.५२ सेन्टिमिटरभन्दा बढी हुन सक्दैन । ब्याटको ब्लेडको अधिकतम चौडाइ ४.२५ इन्च अर्थात् १०.८ सेन्टिमिटर हुन सक्छ । यसको मोटाइ (गहिराइ) २.६४ इन्च अर्थात् ६.७ सेन्टिमिटरसम्म हुन सक्छ । किनाराहरू १.५६ इन्च अर्थात् ४.० सेन्टिमिटरसम्म हुन सक्छन् । यस सिजनको आइपिएलअघि खेलको दिन ब्याट जाँच गरिँदैनथ्यो । अधिकारीहरूले एक विस्फोटक रूपमा ब्याटिङ गर्ने ब्याट्सम्यानहरू चौडा किनारा भएका ब्याटहरू मन पराउँछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच