
दाङ । दाङमा लागूऔषधसहित चारजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१९ दुईखोलीस्थित प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा ४ प ४३५३ नं.को मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नं.को स्कुटर खानतलासी गर्ने क्रममा त्यसमा सवार व्यक्तिहरूले लुकाइराखेको लागूऔषध ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक सोम घर्ती मगरले बताउनुभयो ।
रोल्पा नगरपालिका-८ का वर्ष २६ का रविन घर्ती मगर, रोल्पा-२ का वर्ष २७ का समिप रोका मगर र वर्ष २५ का रिमन पुन मगर तथा रोल्पा-८ का वर्ष २५ का विकास के.सी. पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ४ ग्राम ६२० मिलिग्राम र ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७४ पत्ता ७४० क्याप्सुल बरामद भएको प्रहरी निरीक्षक घर्ती मगरले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच