
काठमाडौं । यही वैशाख १२ गतेदेखि सिनेमाघरमा आउन लागेको हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको छ । जहाँ हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ । उहाँको बेजोड अभिनय र चोटिला संवादले ट्रेलर निकै मन छुने बनेको छ ।
विष्णु केसीको भूमिकामा देखिनुभएका उहाँ भुटानी नागरिक हुन्छन् । जो सन् २०८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडीसमेत हुनुहुन्छ । तर, देशकाल र परिस्थितिले नेपाल हुँदै अमेरिकामा पुग्नुहुन्छ । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिनुभएका हरिवंश गम्भीर मुद्रामा देखिनुभएको छ । जो आफ्नो जन्मथलो फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको ट्रेलरमा देख्न सकिन्छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको यो चलचित्रमा देखिनुभएको छ ।
विनोद पौडेल निर्देशित यस चलचित्रमा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेन लगायतका कलाकारको अभिनय छ । अंग्रेजीमा ‘द वल्ड्र्स हृयाप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गर्नुभएको छ । यस चलचित्रको प्रमुख निर्माता अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुनुहुन्छ ।
चलचित्र ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गर्नुभएको हो । चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहनुभएका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छाड्नुपर्दाको कथा र आफ्नो जराको खोज समेटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच