
काठमाडौं । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ।
रियल म्याड्रिडलाई समग्रमा ५-१ ले हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा ३-० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २-१ को सफलता पाएको हो।
सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फाल्नुभएकाे थियाे । उहाँले १३ औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाउनुभयाे ।
साकाले नै ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गर्नुभयाे । त्यसको दुई मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गर्नुभयाे । इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गर्नुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच