
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-४ मा रहेको गिडिदहलाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्नका लागि आउने वर्षदेखी भ्रमण वर्ष मनाउन थालेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी करिब ९ सय पर्यटन भित्रयाउने लक्ष्य राखिएको छ । गाउँपालिका अध्यक्ष चौलागाईले भन्नुभयो,“हालसम्म ३ सय आन्तरिक पर्यटक गिडिदहमा पुगिसकेका छन् । २०८२ मा उक्त सख्यालाई तीन गुनाले वृद्धि गरिने गरि काम भइरहेको छ ।”
पर्यटकलाई गिडिदहसम्म पुर्याउने वातावरण बनाउन भ्रमण वर्षको घोषणा गरिएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताउनुभयो । गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि पदमार्ग, पुल र धर्मशालालगायतका भौतिक संरचना निर्माणको काम अहिले भइरहेको छ ।
गिडिदहलमा ५० जना अट्ने क्षमताको धर्मशाला निर्माण सम्पन्न भइसकेको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो । पर्यटकको सहजताका लागि गिडिदह खोलामा झुलुङ्गे पुल निर्माण गरिने भएको छ । आउने भदौमा गिडिदहमा प्रार्यावरणीय सम्मेलन समेतहुने भएको छ । वडा कार्यालयको हाँकु त्रिवेणीदेखि फूलचउल्यासम्मको १३ किलोमिटर बाटोको डिपिआर भइसकेको वडाध्यक्ष रोकायाको भनाइ छ ।
गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा १ करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायनले बताउनुभयो । पदमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङ्कनको काम अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत कठायनले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच