कालीकोट । हुरेन्डेक नेपाल कालीकोटका कार्यकारी अध्यक्ष तथा गैसस महासंघ नेपालका सचिव जजराज शाहीले लोकतान्त्रिक गणतन्त्रले कर्णालीमा ल्याएको परिवर्तनलाई नकार्न नमिल्ने बताउनु भएको छ । बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष शाहीले लोकतन्त्र र सामन्ती राजतन्त्रबीचको भिन्नता जनताले प्रत्यक्ष अनुभूति गरिसकेको उल्लेख गर्नुभएको हाे ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलको केही दिन अघि सुर्खेतमा आयाेजित नेकपा एमालेकाे जागरण अभियानलाई सम्बाेधन गर्दै गणतन्त्रका कारण कर्णालीका जनताले भात खान पाएका हुन भनेको कुरा यतिबेला चर्चामा छ । साेहि बिषयलाई लिएर सामाजिक सञ्जालमा उठेका आलोचनाको सन्दर्भमा शाहीले यस्तो बताउनुभएकाे हाे ।, “लोकतन्त्रमा प्रगति भएको यथार्थलाई हेर्नु पर्छ, न कि पुरानो सामन्तबादी व्यवस्थाको नकारात्मक सन्दर्भलाई ढाकछोप गर्न," उहाँले लेख्नुभएको छ ।
शाहीले विगतमा कर्णाली खाद्यान्न अभाव, बालबालिकामा कुपोषण, र औसत आयु न्यून रहेको अवस्थालाई स्मरण गर्नुभएक छ । उहाँले भन्नुभएकाे छ, 'यदि अघिल्लो शासनमा हामी खाद्यान्नमा आत्मनिर्भर थियौं भने, आज बाल पोषण भत्ताको आवश्यकता नै पर्दैन थियाे ।'
उहाँले प्रश्न गर्दै भन्नुभएको छ, “हिजो हामी आत्मनिर्भर थियौं भने साबिक कर्णालीका जनताको औसत आयु किन न्यून थियो ?” आजको दिनमा स्वास्थ्य सेवाको पहुँच र जीवनस्तरमा आएको सुधारलाई उहाँले लोकतान्त्रिक प्रणालीको उपलब्धि भएको बताउनुभएको छ ।
अध्यक्ष शाहीले राणा शासनकालमा जुम्लाबाट दरबारमा मार्सी चामल पठाउने परम्परालाई उदाहरण दिँदै त्यो चामल खुसीले नभई, जबर्जस्तीले पठाइएको बताउँनुभयाे । त्यतिबेला मूल्य तिरेर होइन, शोषण स्वरूप दरबारमा पुर्याइएको उहाँकाे भाइ थियाे ।
“सामन्तबादी राजतन्त्रमा गाउँका अधिकांश घरमा वर्षमा एक महिना मात्र भात पाक्थ्यो, बाँकी महिनामा भात खान बेसाहा हुनुपर्थ्यो ।” शाहीले लेख्नसभएकाे छ ।
वर्तमान अवस्थामा चामल बजारमा सहज उपलब्ध रहेको उदाहरण दिँदै उहाँले आजको दिनमा कर्णालीमा पाइने चामल यहाँको उत्पादन नभए पनि, लोकतन्त्रले खोलेको बाटोले यहाँसम्म ल्याएको बताउनुभएकाे छ ।
शाहीले १० केजी चामल पाउन नेताको सिफारिस खोज्नुपर्ने अवस्था भोगेका जनताले आजको सहजता बुझ्नुपर्ने तर्क गर्नुभएको छ।
महासचिव पोख्रेलको भनाइको समर्थन गर्दै शाहीले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको सत्य विश्लेषण गर्नु लोकतन्त्रको विरोधकाे लागि नभएर सबलीकरणका लागि भएकाे बताउनुभएकाे छ । उहाँले जनतालाई विगतको समीक्षा गर्न र वर्तमानको मूल्यांकन गर्दै लोकतन्त्रको संरक्षणमा जुट्न आग्रह समेत गर्नुभयाे ।
विगतको समीक्षा बिना भविष्यको निर्माण सम्भव नभएको बताउँदै उहाँले साँचो कुरा स्वीकार्न सक्ने बानी लोकतन्त्रको जग बलियो बनाउने माध्यम भएको उहाँले उल्लेख गर्नुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच