
-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रंगशालामा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
अन्तरालको आयोजनामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगिता सुरु हुन लागेको हो । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भइसकेको उहाँको भनाइ छ । उहाँका अनुसार टिकट बिक्री, पार्किङ ब्यबस्थापन, खेलाडीका लागि आवास ब्यबस्थापन र खेलाडी बसोबास भएको स्थानदेखि रंगशालासम्म यातायताको ब्यवस्थापन समेत भइसकेको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहने उहाँले जानकारी दिनुभयो प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवनआर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले सहभागिता जनाएका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुनलागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच