
हुम्ला । बिहीबार बिहान अदानचुलीमा आएको अविरल वर्षाले हुम्लामा निकै ठूलो क्षति गरेको छ । बिहीबार बिहान ६ बजेबाट आएको असिना पानीले बालीसहित जग्गा समेत बगाएपछि किसानलाई बिचल्ली बनाएको छ । भने श्रीनगर बजारमा रहेका पसलहरु समेत बगाएको छ ।
करिब आधा घण्टा मात्रै आएको वर्षाले ठूलाे क्षति पुराएकाे स्थानीयहरूले बताएका छन् । अहिले अविरल वर्षा रोकिएपनि ठाउँ ठाउँमा पहिरो खसिरहने भएका कारण क्षतिको एकिन विवरण संगकल गर्न नसकिएको प्रहरीले जनाएकाे छ ।
बिहीबार बिहान आएको वर्षाले अदानचुली गाउँपालिका–३ बस्ने अमृत बुढाको टीनले छाएको पसलमा पूर्णरुपमा क्षति, सोही वडामा रहेको ढुंगाले बनेको टीनले छाएको तीन कोठामा क्षति, धन बहादुर रोकाया, पूर्ण बहादुर रोकाया, धने दमाई, सुर्योदय माध्यामिक विद्यालय, गणेश जैसी, तीलक शाही, अस्मिता रोकाया, जलदेवी पार्की, नच्द्र बहादुर ऐडी, सम्झना रोकाया, जंगबहादुर टमटा, हिक्मत सुनार, कृष्ण फडेरा, हरी बहादुर सुनार, दत्त बहादुर सुनार, धन बहादुर बुमी, रीता धामी लगायतको पसल, हटरा, घरमा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सरोज कडेँलले बताउनुभयो ।
यस्तै वर्षापछिकाे बाढीले खेतसमेत बगाएकाे छ । तुम्चमा रहेको राष्ट्रिय प्रसारणलाईनको विद्युतमा समेत ठूलो क्षति गरेको जानकारी प्राप्त भएको छ ।
अदानचुलीको गोरपालीमा गोठमा राखिएका धर्म बुढाको गोठमा रहेका ८१ बाख्रा मध्ये २७ वटा बाख्रा पहिराेमा परेर मेरका छन् । उहाँले लाखाैकाे क्षति भएकाे बताउनुभयाे ।
यता अदानचुलीको श्रीनगरमा रहेको गाउँपालिका कार्यालय समेत ढुवान परेको छ । जसका कारण दिनभर पालिकाकाे काम प्रभावित भयाे ।
बाढीले पुर्याएको क्षतिको बारेमा गाउँपालिकाको समेत ध्यानकर्षण भएको पालिका उपाध्यक्ष कर्ण रोकायाले बताउनुभयो । वर्षापछिको क्षतिको बारेमा गाउँपालिका उपाध्यक्ष रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद बुढा, लगायतका जनप्रतिनिधिले अनुगमन समेत गर्नुभएको थियो ।
अनुगमन गर्ने क्रममा उपाध्यक्ष कर्ण रोकायाले क्षेतीको विवरण संकलन गरी रहेकाले के कती क्षेती भएकोमा जानकारी नभएको र विवरण आए लगत्तै सम्बन्धीत निकायमा जानकारी गराउने उपाध्यक्ष रोकायाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच