
हेटौंडा । हेटौंडाको मुख्य राप्तीरोड तनावग्रस्त भएको छ। हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड गरेको भन्दै बिहिबार प्रहरीले ६ जनालाई पक्राउ गरेपछि युवाहरुले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
पक्राउ पर्नेमा सफल अधिकारी , राजकुमार घिमिरे, अस्मित अधिकारी, सुनिल गिरि,विशाल राज महत, समुन्द्र दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
एमालेको सिडिओ फिर्ता जा भन्दै सडकमा बिरोध प्रदर्शन गरेका हुन् । रोडमा ६ एक घण्टा आगो बालेर बिरोध प्रदर्सन गरेका थिए। अभर्द व्यवहारमा पक्राउ परेका ६ जनालाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप लिइएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड भर्त्सना गरेको थियो। हेटौंडा अस्पतालबाट मदन भण्डारीको नाम मेटाउने युवाहरु हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान लामो समय देखि चलाउदै आएको थियो।
पक्राउ परेका विशाल राज महत अभियानका संयोजक समेत रहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच