
लण्डन । इंग्लिस क्लब आर्सनल १६ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले यसअघि सन् २००८-०९ को सिजनमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । बुधबार राती सान्टियागो बर्नबेउमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन बुकायो साका र ग्याब्रियल मार्टिनेलीले गोल गर्नुभयो । घरेलु टिमका भिनिसियस जुनियरले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सक्नुभएन । आर्सनलले समग्रमा ५-१ को जित निकाल्दै अन्तिम-४ को यात्रा तय गरेको हो । यसअघि पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको थियो ।
१६ वर्षपछि सेमिफाइनल प्रवेश गरेको आर्सनलले अब अन्तिम-४ मा पेरिस सेन्ट जर्मन (पिएसजी)विरुद्ध प्रतिस्पर्धा गर्नेछ । पिएसजीले यसअघि एस्टन भिल्लाविरुद्ध समग्रमा ५-४ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको क्वाटरफाइनलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डविरुद्ध समग्रमा ५-३ को जित निकाल्यो । यस्तै, इन्टरले भने बार्यन म्युनिखविरुद्ध समग्रमा ४-३ को जित निकाल्यो । घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा बार्यन म्युनिखलाई २-२ को बराबरीमा रोक्दै इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो लेगमा २-१ को जित निकालेको इन्टरले जर्मन क्लबविरुद्ध समग्रमा ४-३ को जित निकालेको हो ।
इन्टरले पछिल्लो तीन सिजनमा दोस्रोपटक सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि इन्टर सन् २०२२-२३ को सिजनमा फाइनलसम्म पुगेको थियो । इन्टरले अब प्रतियोगिताको फाइनलमा स्थान बनाउन स्पेनिस क्लब बार्सिलोनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको पहिलो लेग आर्सनलको मैदानमा अप्रिल २९ मा र दोस्रो लेग पिएसजीको मैदान मे ६ मा हुने तालिका छ । यससँगै च्याम्पियन्स लिग २०२४-२५ सिजनको सेमिफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलका दुई खेलको नजिता निस्किएसँगै अन्तिम-४ मा प्रवेश गर्ने चार टोलीको टुंगो लागेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको बार्सिलोना, इटालीको इन्टर मिलान, इंग्ल्याण्डको आर्सनल र फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले स्थान बनाएका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच