ओखलढुंगा । ओखलढुंगाको थोलेदेम्बामा गल्फ महोत्सव गरिएको छ । देशका सात उच्च डाँडामध्येको ३३५० मिटर उचाइको थोलेदेम्बा डाँडामा पर्यटन प्रवद्र्धनका लागि महोत्सव गरिएको हो । खिजीदेम्बा गाउँपालिकाको आयोजनामा नयाँ वर्षको दिनदेखि दुई दिन महोत्सव सञ्चालन भएको थियो ।
महोत्सवमा कोरिया, भुटान, बेलायतलगायत छ देशका गल्फ खेलाडीहरू सहभागी भएका थिए । नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यको सूचीमा परेको स्थान हो थोलेदेम्बा ।
पर्यटन व्यवसायी एवं गल्फ खेलाडी आङदोर्जी शेर्पाको पहलमा गत वर्ष देम्बाडाँडामा गल्फका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।
उक्त क्षेत्रको प्रवद्र्धनका लागि २०७४ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा थोलेदेम्बा महोत्सव गरिएको थियो । यहाँबाट आठ हजार माथि उचाइका सातवटा हिमालसँगै अन्य हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।
गल्फ महोत्सवको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं संघीय सांसद रामहरि खतिवडाले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश सदस्यद्वय प्रदिपकुमार सुनुवार, बाबुराम गौतम, चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मालगायत अतिथिहरू रहनुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकीलगायत रोज मोक्तान, मिङ्मा शेर्पालगायत कलाकारले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर