
अर्घाखाँची । नेकपा एमालेद्वारा वैशाख ११ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने युवा उत्सवमा अर्घाखाँची जिल्लाबाट करिब २५० जना युवाको सहभागिता सुनिश्चित भएको छ।
लोकतान्त्रिक गणतन्त्रको बीजारोपण भएको ऐतिहासिक दिनको स्मरणमा आयोजित उक्त उत्सवमा जिल्लाका प्रत्येक वडाबाट कम्तीमा तीन जना युवा सहभागी गराउनेगरी तयारी गरिएको जिल्ला पार्टी स्रोतले जनाएको छ।
यही सन्दर्भमा नेकपा एमाले अर्घाखाँची जिल्ला सचिवालयको बैठक आज सन्धिखर्कस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकले युवा उत्सवमा जिल्लाको सहभागिता सुनिश्चित गर्ने कार्ययोजना तय गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।
बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सन्धिखर्कमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ। साथै, पार्टीले सञ्चालन गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान–२०८१ को समीक्षा गर्दै सदस्यता नविकरण तथा विस्तारको कार्यलाई अझ सशक्त बनाउने, जनताको आवश्यकता र स्थानीय आवश्यकताको आधारमा वडास्तरीय विकास योजना छनोट गरी सिफारिस गर्ने लगायतका निर्णयहरू पनि गरेको हो।
पार्टीका कार्यालय सचिव लिला बरालका अनुसार बैठकले शैक्षिक तथा सामाजिक व्यक्तित्वसमेत रहेका नेकपा एमालेका नेता, सन्धिखर्क–२ शंखेटारी निवासी कृष्णप्रसाद पोख्रेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै, दिवंगतप्रति समवेदना व्यक्त गर्दै उहाँको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।
बैठक नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। बैठकको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले गर्नुभएको थियो भने उपाध्यक्ष शम्भुप्रसाद पोख्रेलले स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी ‘विधान’ ले सञ्चालन गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच