
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगै छलफल गरेर सहमहामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउनु भएको छ ।
बिहीबार बसेको बैठकमा श्रेष्ठ स्वयम्ले आफूले सभापति लामिछानेलाई राजीनामा बुझाएको जानकारी गराउनु भयो ।
त्यसपछि कार्यवाहक सभापति डीपी अर्यालले सुमनाको राजीनामाबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा अगाडि बढाइने जानकारी बैठकलाई गराउनु भयो ।
पार्टीका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले सह-महामन्त्री पदबाट राजीनामा दिनुभएको हो।
बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो,‘मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि राजीनामा दिएको हुँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच