
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर गत फागुन १४ गतेदेखि सिनेमाघरमा आएको यो १३ वटा हलमा ५१औं दिन मनाएको हो । उच्च शोसहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शोमा दर्शकको अकुपेन्सी उच्च छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१औं दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिनुभयो । ‘लाज शरणम्’ले हालसम्म पाँच करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिनुभयो ।
चलचित्रमा सीताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा हुनुहुन्छ । यस्तै, सिनेमामा कमलमणि नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नि), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ ।
कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम’लाई कुमार कट्टेलले निर्देशन गर्नुभएको हो । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का हुनुहुन्छ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर चलचित्र हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच