
काठमाडौं । प्रभु बैंक र पोखरा महानगरपालिका-९ शान्तिवन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार कास्की तथा अन्य क्षेत्रका कृषि उपज बिक्रीवितरण भइरहेको स्टलमार्फत् हुने दैनिक आर्थिक कारोबार डिजिटल माध्यममा रूपान्तरण गरिनेछ ।
बैंकिङ पहुँच विस्तार र कारोबारमा सहजता ल्याउने उद्देश्यले यस्तो सहकार्य गरिएको बताइएको छ । सम्झौतापत्रमा समितिका अध्यक्ष नवराज दुवाडी र प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष दुवाडीले बैंकप्रति आभार व्यक्त गर्दै सम्झौताले फलफूल तथा तरकारी बजारमा दैनिक कारोबार अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
बैंकका प्रदेश प्रमुख रानाले डिजिटल सेवा र नगदरहित कारोबार प्रवद्र्धन गर्न सम्झौता महत्वपूर्ण हुने बताउनुभयो । सम्झौताअनुसार बैंकले समितिअन्तर्गतका व्यवसायीलाई क्युआर कोड, डिजिटल भुक्तानी सेवा तथा इन्टरनेट सुविधा उपलब्ध गराउनुका साथै व्यवसाय विस्तारका लागि बैंकको नियमअनुसार आवश्यक कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच