
अहिले नेपालको जनसंख्या र भूगोलको आकारको अनुपातमा विश्वमा नै सबैभन्दा धेरै सांसद सदस्य संख्या भएको देश नेपाल हो । थोरै जनसंख्या, सानो भूगोलका लागि यत्रो संख्यामा सांसद र मन्त्रीहरू किन चाहियो ? नेतृत्व गर्नेसँग चित्तबुझ्दो जवाफै छैन, किनकि यो गर्नै नहुने राष्ट्रघात हो । स्रोतसाधनको दुरुपयोग हो । उत्तरका लागि उत्तर दिने तर वस्तुस्थितिको आफ्नो पदीय हैसियतको गरिमालाई धान्नै नसकेका र नसक्ने नेपालका राष्ट्रपतिहरू, प्रधानमन्त्रीहरूलगायत उच्च पदमा रहनेहरूले संख्याका विषयमा कुतर्क गर्नु भ्रमको खेती हो । देश र जनताप्रतिको अपराध हो ।
अपराधको प्रायश्चित्त अपराध बोध हो तर जिम्मेवार अपराध बोध किन गर्दैनन् ? हाम्रो सांसदहरूको संख्या, मन्त्रीहरूको संख्या प्रदेशको व्यवस्था, धर्मनिरपेक्षता भनेको अरूले घोडा चढेको देखेर धुरी चढ्नु जस्तै हो । यति सानो भूगोल, थोरै जनसंख्याका लागि यत्रो आकारको संसद्, मन्त्रीहरूको संख्या, प्रदेशको व्यवस्था संविधानसभाका नाइकेहरूको विवेक, लाजशून्यताको प्रमाण हो । किनकि विवेक र लाजलाई राजीनामा नगरिकन यस्तो राष्ट्रघात हुनै सक्दैन । यो नौटंकी भोग्दा आमजनता लज्जित छन् । हुन त काम नगर्नेले होइन काम गर्नेले गल्ती गर्छ । यो स्वाभाविक हो । त्यसैले सांसदको संख्या, मन्त्रीको संख्या र यो प्रदेशको व्यवस्था साथै अझ महत्वपूर्ण धर्मनिरपेक्षता जस्ता विषयमा संविधानसभाले भन्दा दलका जुँगामुठेहरूले बुद्धि पुर्याउन नसकेकै हो ।
संसारको इतिहासमै जनसंख्या र भूगोलको अनुपातमा ठूलो संख्याको संसद्, मन्त्रिमण्डल र प्रदेशको व्यवस्थाले देशको अर्थतन्त्र टाट उल्टेको घोषणा हुनमात्र बाँकी छ । सात वर्ष प्रदेशहरू धान्न बीसौं खर्ब ऋण लाग्यो । ऋणको ब्याज भुक्तानी गर्न फेरि ऋण लिनुपर्ने अवस्थाले हाम्रो अर्थतन्त्रको दुर्दशालाई छर्लंग पार्छ ।
यसलाई नसच्च्याउनुभनेको ज्ञान, विवेकलाई धोखा दिन हो । गल्तीलाई ठीक हो भनेर फेरि गल्ती गर्नुभन्दा विगतको गल्तीबाट सिकेर सच्चिनु नै देश र जनताको हितमा हुन्छ । जीवन, नेतृत्व, शक्ति, सत्ता र सम्पत्ति आदि क्षणिक हुन् । सत्ता कसैको बाबुको बपौती होइन । त्यो सोच, धारणा पार्टीहरूको नेतृत्वमा हुने केही थान नेताहरूको मस्तिष्कमा घुस्दा देशले निकास र विकास दुवै पाउँछ । अहिले सत्ता र शक्तिलाई ओगटेर जनताको रगत, पसिनामा विलासी जीवन बिताउनेलाई सत्ता दुरुपयोग नगर्ने चेत र विवेक किन आउँदैन ? पृथ्वीनारायणले आर्जेको भू–भागको हर्ताकर्ता सदियौंदेखि हुँदै आएको शाहवंशको वंशै नासियो ।
उनका सन्ततिहरू सत्ताच्युत भए भने आवधिक पदमा निर्वाचितलाई अहिले पाएको पद र कुर्सी किन राजा ज्ञानेन्द्रलाई भन्दा प्यारो लाग्छ ? पद र धनमा ज्ञानेन्द्रभन्दा पनि आशक्त हुनेबाट सुशासन र विकास सम्भव छैन । तीस वर्षसम्मको कांग्रेस, एमालेको र करिब बीस वर्षको माओवादीसमेतको नेतृत्वको कुशासनले प्रमाणित गरेको छ । यसबीचमा भएको परिवर्तन भनेको जोगीहरू राजा भए भने राजा जोगी भए तर राज्यको परिवर्तनको गन्तव्य, केन्द्रबिन्दु र पात्र जनता हुन् । उनीहरूको परिवर्तनको सकारात्मक लक्षण र सम्भावनासम्म देखिएन । यो वास्तवमा प्रजातन्त्र, नेपाली जनता र नेपालको दुर्भाग्य हो ।
संसारको इतिहासमै जनसंख्या र भूगोलको अनुपातमा ठूलो संख्याको संसद्, मन्त्रिमण्डल र प्रदेशको व्यवस्थाले देशको अर्थतन्त्र टाट उल्टेको घोषणा हुनमात्र बाँकी छ । सात वर्ष प्रदेशहरू धान्न बीसौं खर्ब ऋण लाग्यो । ऋणको ब्याज भुक्तानी गर्न फेरि ऋण लिनुपर्ने अवस्थाले हाम्रो अर्थतन्त्रको दुर्दशालाई छर्लंग पार्छ । ऋण खोजेर प्रदेश व्यवस्थालई कति धान्ने र किन धान्ने ? प्रदेशहरू ऋण बोकाउने र स्रोत दुरुपयोग गर्ने कारखाना हुन् । यो ठीक छैन भनेर जान्दाजान्दै सांसदहरूको संख्या, मन्त्रीहरूको संख्या, प्रदेशको काउछो र धर्मनिरपेक्षताको विषयमा सच्चिने कुरामा दुई-चारजना नेता नामका दलालहरू किन बाधक ?
देशको भविष्य संकटमा पार्नेलाई पार्टीका लम्पट कार्यकर्ताले किन साथ दिन्छन् ? गलतलाई गलत भन्न नसक्ने पनि कार्यकर्ता हुन्छन् ? ती दास हुन् । रैतीबाट नागरिक बनायौं भन्नेहरूका वरिपरि सबै रैती छन् । दासहरू कहिले नागरिक बन्ने ? नागरिकमा ठीक र बेठीक छुट्याउने चेतना कहिले हुन्छ । विवेक र चेतनालाई धरौटी राख्नेहरू न कार्यकर्ता हुन्छन् न ती कहिल्यै नागरिक बन्न सक्छन् । सांसदहरूको संख्या, मन्त्री संख्या, प्रदेशको व्यवस्था र धर्म निरपेक्षता जस्ता विषय जनभावनाविपरीत छन् ।
यी थोपरिएका विषयले जनता रुष्ट छन् । जनता रुष्ट हुने व्यवस्था किमार्थ दिगो हुँदैन । यस्ता जनभावनाविपरीतका ऐजेण्डा र शीर्षकलाई जतिसक्दो चाँडै सच्च्याउनुपर्छ । सुधारले र क्षमायाचनाले कसैको कद, गरिमा घट्दैन । प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्नेले जनभावनाविपरीतको सोच राख्नु अपराध हो । नेपालको सन्दर्भमा संविधान बनाउँदा भएका यी अक्षम्य गल्ती र कमजोरीलाई सच्च्याउन लाजलाई नै राजीनाम गर्नेहरूलाई किन अपठ्यारो ?
बिग्रन जतिसुकै सक्ने सच्चिन पटक्कै नसक्ने रोगको उपचारमा अब ढिलाइ गर्न हुँदैन । यो सच्चिने काम एक महिनाअघि गर्दा एक महिनाको साधनस्रोतको दुरुपयोग रोकिन्छ भने यसलाई छिटोभन्दा छिटो सच्चाउने काम किन गर्दैनन् जिम्मेवार ? भनिन्छ संसारमा धेरै कुराको विकल्प छ तर देशको शासन व्यवस्थालाई व्यवस्थित गर्न अहिले पार्टीहरूको र सुशासनको विकल्प छैन । त्यसैले पार्टीहरू आवश्यक छन् तर अहिलेको शैलीमा पार्टीहरू र देशको नेतृत्व गर्नेहरूको आवश्यकता, औचित्य नभएको कुरा यो दुई-तीन दशकको अनुभवले पुष्टि ग¥यो । पार्टीको नेतृत्व गर्नेहरूको कोणबाट हेर्दा सबै पार्टी खराब भएको विषयमा कसैको मतभिन्नता नहोला ।
अब रहृयो खराबमध्ये कुन पार्टीको नेतृत्व कम खराब भन्ने विषय नेपालको सन्दर्भमा महत्वपूर्ण छ । नेतृत्व त सबै पार्टीहरूको अक्षम, अदूरदर्शी, योजना, कार्यक्रम साथै कार्यविधिका कारण सबै पार्टीहरू बदनाम छन् । तसर्थ सबै पार्टीहरूमा अहिले नेतृत्वमा हुनेहरू सबै अयोग्य छन् । यदि नेतृत्व फेर्ने हो भने पार्टीको नीतिका दृष्टिकोणले धेरै नेपाली जनताले विश्वास गर्ने पार्टी जतिसुकै बिग्रे पनि कांग्रेस नै हो भन्ने जनसंख्या धेरै छ ।
यो आग्रही-पूर्वाग्रही विश्लेषण र व्याख्या किमार्थ होइन । सबै पार्टीहरूको वर्तमान नेतृत्वप्रति जनताको फुट्टी विश्वास छैन । पैसाको भरमा तीनचार दशकसम्म एकै ठाउँबाट निर्वाचन जित्ने र निर्वाचन जित्नका लागि निर्वाचनैपिच्छे चुनाव क्षेत्र बदल्ने छेपारे र चेपारे प्रवृत्तिप्रति जनताको विश्वास छैन । फेरि भ्रष्टाचार काण्डमा नडामिएको कोही नहुँदा अहिलेको नेतृत्वलाई जनताले स्वीकार्ने अवस्था छैन । भ्रष्टहरूसँग नैतिकता नहुँदा राष्ट्रवादी जनताले यसअघि निरीह राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिँदा शक्ति प्रदर्शन सशक्त भयो । भ्रष्ट शासक अत्तालिए । यसको एकमात्र कारण हो यिनीहरूले इमान बेचे, धर्म बेचे, नैतिकता र इन्टिग्रिटीलाई भ्रष्टाचार गर्न धरौटीमा राखे । यिनीहरू कोहीसँग पनि जनताको विश्वास पटक्कै छैन ।
तसर्थ वर्तमानमा नेतृत्वमा हुनेहरू नेतृत्व गर्न कुनै योग्य छैनन् भन्ने निष्कर्ष यो स्तम्भकारको नभएर यो निमुखा जनताको भावनाको फगत प्रस्तुतीकरणमात्रै हो । सच्चा प्रजातन्त्रवादीहरूले तानाशाहले जस्तै प्रहरी र सेनाको भरमा सत्ता ओगट्दैनन् । फेरि अबको निर्वाचनमा जनताले यिनीहरूलाई हाँसले दूध र पानी छुट्याएझैँ छुट्याउने अवस्था नआउला भन्न सकिँदैन । अहिले संसद्मा यति धेरै सांसद छन् तर जनताको भावनाको प्रतिनिधित्व गर्ने संसदहरूको संख्या हातमा गन्न सकिन्छ । व्यवहारमा भोलि कस्तो देखिने हुन् अहिले बोलीका माध्यमले जनताको आवाजलाई मुखरित गर्नेमध्ये अग्रपंक्तिमा माननीय सुनीलकुमार शर्मा, चन्द्र भण्डारी, ज्ञानेन्द्र शाही, अमरेशकुमार सिंह, सुमना श्रेष्ठ, राजेन्द्र लिङ्देन आदि जनताको दृष्टिमा सच्चा जनप्रतिनिधि मानिन्छन् ।
यिनीहरूले जनताको आवाज सदन र सडकमा निर्धक्क ओकल्छन् । अन्य नाम किन लिन सकिएन भने उनीहरूमध्ये धेरैले व्यक्तिगत आर्थिक र पदीय लोभका खातिर भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूको ताबेदारी गर्छन् । अब ढिलो चाँडो पार्टीलाई लुटीखाने साधन ठान्नेले नचाहँदा नचाहँदै पनि नेतृत्व फेरिन्छ । फेरिँदा फेरि अहिलेका भन्दा अझ बढी भ्रष्टाचार गर्ने भावी योजना बुनेकामा नेतृत्व हस्तान्तरण भयो भने देश नै रहँदैन कि भन्ने चिन्ता नेपाली समाजका बौद्धिक अगुवामा छ तर उनीहरूले तत्काल परिवर्तनका लागि गर्नसक्ने अवस्था नहुँदा त्यो समूह किंकर्तव्यबिमूढ छ । अहिले जनताको पक्षमा खुलेर सत्यतथ्यलाई जबर्जस्त ओकल्न सक्ने क्षमता प्रदर्शन गर्ने सांसदहरूमा मोरङका सुनील शर्मा अग्रपंक्तिमा आउँछन् ।
उनले सत्यकाप्रति बोलीबाट गरेको प्रतिबद्धताले उनीप्रति भरोसा गर्न सकिने र गर्नुपर्ने हो कि भन्ने भावना जनतामा छ । आफ्नो निर्वाचन क्षेत्रका जनताले उपचार नपाएर मृत्यु वरण गर्नु नपर्ने वातावरण बनाउन उनी सफल छन् । उनले निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ सेवा दिन सफल भएको विषयले यदि उनी जस्तो मानिसको हातमा नेतृत्व गयो भने यस्ता धेरै लोककल्याणकारी काम हुन्छन् भन्ने विश्वास र भरोसा गर्न सकिने वातावरण उनले बनाएका छन् । पार्टीमा म जेठो हुँ भनेर पद मात्र ओगट्ने, काम आफ्नो गर्ने जनताको काम फुट्टी नगर्नेहरूसँग जनता अघाएका हुनाले अहिले नेतृत्व नयाँ पात्रमा हस्तान्तरण हुनैपर्छ ।
अब युवाहरूले पार्टी ठूलो कि देश ठूलो यी दुईमध्ये एक छान्नुपर्ने अवस्था आयो । विभिन्न पार्टीमा भएका केही जनताको पक्षमा काम गर्न सक्ने, गर्ने भावना र चाहना भएका युवा कुनै एउटा पार्टीमा एकीकृत भएर यो डुब्न लागेको जहाजको जस्तो अवस्था भएको देशको परिस्थिति समाल्न अब युवाहरूबीच ऐक्यबद्धताभन्दा अर्को उत्तम विकल्प छैन ।
त्यो नेतृत्व योग्य सक्षम, निडर साथै तटस्थ व्यक्तिमा हस्तान्तरण हुनुपर्छ भन्ने जनताको चाहनामात्रै होइन देशको आवश्यकता हो । खराबहरूमध्ये कम खराबमा गनिएको कांग्रेसको माननीय भएको नाताले नेतृत्व यदि सुनील शर्मालाई दिएर किन नहेर्ने भन्ने नेपाली जनताको चाहनालाई कांग्रेसले किन सम्मान नगर्ने ? छ-आठ महिनामा परिवर्तन भइरहने र एउटा घुस्याहाबाट अर्को नामुद घुस्याहामा हस्तान्तरण हुँदै आएको सत्ता कनिष्ठ र अहिलेसम्म परीक्षण नभएको व्यक्तिलाई दिने क्रममा सुनीलको यसबीचमा अभिव्यक्त विचारलाई मध्य नजर राखेर उनलाई जनताको कल्याण गर्ने चाहना पूरा गर्न परीक्षण किन नगर्ने भन्ने सोचले यो नाम चर्चामा आएको हो । नयाँहरूमा पनि यीभन्दा भरोसायोग्य भए उनैलाई दिँदा फरक पर्दैन ।
एउटा अनिवार्य शर्त हो उसले जनताको पक्षमा सकारात्मक परिवर्तनको समयावधि तोक्नुपर्छ । सो अनुसारको काम अगाडि बढेको कुरा जनताले अनुभव गर्न पाउनुपर्छ । जोस सँगसँगै होस, बुद्धि, विवेक र इमानदारी आदि नेतृत्वका अनिवार्य शर्त हुन् । देशको जिम्मा युवालाई दिनुपर्छ । क्षमता भएका र जनताको उत्थान गर्ने अभिलाषा हुने विभिन्न पार्टीमा छरिएका युवाको ऐक्यबद्धता समयको आवश्यकता र जनताको माग हो । अब युवाले पार्टी ठूलो कि देश ठूलो यी दुईमध्ये एक छान्नुपर्ने अवस्था आयो । विभिन्न पार्टीमा भएका केही जनताको पक्षमा काम गर्न सक्ने, गर्ने भावना भएका युवाहरू कुनै एउटा पार्टीमा एकीकृत भएर यो डुब्न लागेको जहाजको जस्तो अवस्था भएको देशको परिस्थिति समाल्न अब युवाबीच ऐक्यबद्धताभन्दा अर्को उत्तम विकल्प छैन ।
तसर्थ युवा सांसदहरूले यस विषयमा छलफल, विचारविमर्श, अन्तक्र्रिया, अनुसन्धान आदि सबै औजार र उपकरणलाई अविलम्ब प्रयोग गरेर नतिजामुखी नेतृत्वको छनौट समयको माग र जनताको चाहना हो । यो दृष्टिकोणलाई साकार पार्न अविलम्ब सुशासन कार्यान्वयनको स्पष्ट खाका कोर्नुपर्छ । वर्तमान र अहिलेसम्मका प्रधानमन्त्रीका भूतहरूको अनुहारसम्म हेर्न जनता चाहँदैनन् भन्ने सामान्य भेदलाई नजान्ने र नमान्नेहरू नै नेपाली राजनीतिका ऐँजेरु हुन् । अब तिनै यसअघि प्रधानमन्त्री भइसकेका भ्रष्टाचार र कुशासनका प्रतिमूर्तिहरू प्रधानमन्त्री हुने सम्भावित बाटो बन्द गरेनौं भने भविष्यमा परिवर्तन, विकास र सुशासन माछो माछो भ्यागुतो हुन्छ ।
भ्रष्टहरूको शक्ति र तिनका जरा हाँगाबिँगालाई समेत छिमल्न सक्ने यसअघिका भ्रष्टाचार काण्डको छानविन, कारबाही गर्नसक्ने तर आफू बन्छु भन्ने होइन देश बनाउँछु भन्ने सपूतलाई पार्टीसत्ता र राज्यसत्ता यदि छिट्टै हस्तान्तरण नगरे अनिष्ट अवश्यमभावी छ । पद सधैं ओगट्ने तर जनताको पक्षमा सिन्को नभाँच्ने, बाह्रसत्ताइस गफ हाँक्ने, उखाने, कुम हल्लाउने, ¥याल काढ्नेलाई दाउरा र काठहरूलाई किनारा लगाउँदै आफू निर्वाध गन्तव्यमा पुग्ने नदीको भेल झैँ यिनीहरूका विरुद्ध युवाहरू विद्रोहको भेल बन्न सक्नुपर्छ । युवाहरूले पुराना अक्षमलाई विस्थापित गरेर अब राजनीतिलाई शुद्धीकरणका माध्यमले सम्भावित अनिष्टलाई पन्छाउन सक्नुपर्छ । अन्यथा नेपाल गम्भीर अनिष्टको सिकार बन्ने अवश्यम्भावी छ । त्यसैले समय छँदै होस् गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच