एजेन्सी । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को बाँकी खेलका लागि दासुन शनाकालाई अनुबन्ध गरेको छ । गुजरातले ग्लेन फिलिप्सको स्थानमा श्रीलंलाका अलराउन्डर शनाकालाई भित्र्याएको हो । यसअघि उहाँले सन् २०२३ मा गुजरातबाट खेलिसक्नुभएको छ ।
त्यो समयमा उहाँले खेलेको तीन खेलमा २६ रन बनाउनुभएको थियो । तर, बल हातमा लिएर उहाँले आफ्नो कौशल देखाउने मौका भने पाउनुभएको थिएन । यस सिजनमा टोलीले उहाँलाई ७५ लाख भारतीय रुपैयाँमा भित्र्याएको हो । शनाकाले अहिलेसम्म आइपिएलको एक सिजनमात्र खेल्नुभएको छ । सनराइजर्स हैदरावादविरुद्ध फिल्डिङ गर्दा फिलिप्सको कम्मरमा चोट लागेपछि शनाकालाई टिममा ल्याउन लागिएको हो ।
गुजरात हाल ६ खेलबाट चार जितसहित आठ अंक जोडेर दोस्रो स्थानमा छ । गुजरातले शनिबार तालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्ससँग खेल्नेछ । गुजरात टाइटन्सले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका खेलाडी कागिसो रबाडालाई ‘महŒवपूर्ण व्यक्तिगत मामिला’का लागि घर गएपछि गुमाएको थियो । रबाडा आइपिएल २०२५ को बाँकी खेलको लागि भारत फर्कनु हुन्छ वा हुन्न त्यो अझै स्पष्ट छैन ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र