काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १८औँ वार्षिकोत्सवका अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएका सडक आश्रितहरूलाई १८ दिनसम्म भोजन वितरण गरेको छ । चैत २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन चलाइएको अभियानमा काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएका करिब एक हजार नौ सय जना लाभान्वित भएका बैंकले जनाएको छ ।
भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा सञ्चालित भोजन कार्यक्रम जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशालालगायत क्षेत्रमा केन्द्रित थियो । नदी किनार, सडकछेउ र पुलमुनि बस्ने घरबारविहीनलाई लक्षित गरी दैनिक भोजन वितरण गरिएको बैंकले जनाएको छ ।
सोही क्रममा बैंकले चैत २ गतेदेखि वैशाख ५ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरहरू कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेस प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जितपुर र हस्पिटल लाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोजना भएका र करिब १७ सय बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच