भोजपुर। प्रत्येक बर्ष संचालन हुने भोजपुरको प्रतिष्ठित आठौं अन्तराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिम सहित नेपालका ७ टिमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा जर्जियन फुटवल क्लव, भारत सहित सशस्त्र प्रहरी बल नेपाल काठमाण्डौ, चर्च ब्वाइज युनाइटेड काठमाण्डौ, एलएक्स सिटि मोरङ, भगवती स्पोर्टस क्लव खोटाङ, नवोबुद्ध फुटवल क्लव सप्तरी, सलहेश फुटवल क्लव सिरहा र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाउने आयोजक पक्षले जनाएको छ ।
जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता यस बर्ष भने आगामी बैशाख १४ देखि २० गतेसम्म संचालन हुने छ । भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा संचालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ भने अन्य थप रकम सहप्रायोजकहरुबाट संकलन गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधी सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।
गत वर्ष संचालन भएको सातौं संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाण्डौले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दे बिजेता बनेको थियो ।
गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाण्डौ, चर्च व्बाइज युनाइटेड काठमाण्डौ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर जिल्ला फुटवल संघले प्रतियोगितामा भाग लिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच