
काठमाडौं । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीचकाे छलफल सकिएको छ ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीचको छलफल सकिएको हो ।
शीर्ष तीन नेताहरूसहित छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकाअग्नि खरेल पनि सहभागी हुनुहुन्थ्यो ।
बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।
उहाँहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ ।
संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा उहाँहरूबीच समान मत देखिएको छ ।
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच