
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
इन्डो नेपाल क्लब च्याम्पियनसिप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको धारणा राख्नुभयो ।
'खेल हेर्नका लागि विदेशी पर्यटकलाई धेरै दिन राख्न सकिने अवस्था छ' उहाँले भन्नुभयो- 'प्रदेश सरकारले खेल पर्यटनको विकासका लागि ध्यान दिनेछ ।'
उहाँले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको पनि स्पष्ट पार्नुभयो । सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति सरकारले लिएको जानकारी उहाँले दिनुभयो ।
प्रदेशमा भलिबल खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न मणिमुकुन्द भलिबल क्लब सफल भएकोमा पनि उहाँले खुशी व्यक्त गर्नुभयो ।
वैशाख ६ गते आजदेखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । याे प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत र इरानका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा ३ विभागीय र एक भारतीय टोलीसहित ९ वटा क्लब सहभागी छन् ।
प्रतियोगितामा सहभागी टोलीहरूमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुद परिषद् र भारत गुजरातको साग भलिबल एकेडेमी रहेका छन् ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका अन्य ८ विधामा पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
बेष्ट प्लेयरलाई १५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्रदान गरिनेछ । बेष्ट सटर र बेष्ट ब्लकरलाई पनि १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच