
काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताउनु भयो । उहाँले मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताउनु भयो । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन । जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त रु ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा । आन्दोलन कसरी जाने भन्नेकुरा सबै आत्तिसक्नुभएको छ । अर्को फोरममा भनौँला । मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्छ । यो गणतन्त्र आएको जेठको १५ गते र यो अब जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ । २०८२ को जेठको १५ मा । हाम्रो अभिष्ठ सिद्धि हुनेछ ।’
उहाँले जनताको हक अधिकारको कुरा पृथ्वीपथले गरेको बताउनु भयो । राज्यलाई थाम्ने दायित्व राजाको भएको बताउनु भयो । राजालाई सचेत गराउने काम नागरिकको भएको बताउनु भयो । पृथ्वीपथ भनेको आफ्नो रैथाने पथ भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच