
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठक बसेको थियो ।
बैठकपछि प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरुसँग महत्वपूर्ण परामर्श भएको जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा तीन दलका शीर्ष नेता सहमत भएको जनाउनु भएको छ । साथै सङ्क्रमणकालीन न्यायका मुद्दाहरुलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त भएको उहाँले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच