
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले सिंहलाई शुक्रबार पत्र प्रदान गर्नुभएको थियो । यसअघिका निर्देशक शोभितराज प्रसाईंले ५८ वर्षे उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकास पाएपछि रिक्त पदमा सिंहलाई ल्याइएको हो ।
कार्यक्रममा प्रसाईंलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । त्यस्तै, हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाउनुभएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदिशप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो ।
उहाँहरूलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाई दिँदै प्रसाईंलाई बिदाइ गर्नुभएको थियो ।
भलिबलका मुख्य प्रशिक्षक भट्टलाई उप-निर्देशकको जिम्मेवारी
भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवस्तरीय निर्णयअनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको राखेपले जनाएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गर्नुभएको छ ।
उप-निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई धन्यवाद दिँदै पाएको जिम्मेवारी इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विगत तीन दशकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमान्दारीका साथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच