
काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि जितेको छ । पामले विगतका ६ संस्करणको उपाधि पनि जितेको थियो । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, चार रजत र चार कांस्य जित्दै च्याम्पियन बनेको हो । पहिलो दिन सात स्वर्ण जितेको पामले दोस्रो दिन चार स्वर्ण थप्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) दोस्रो भयो । एमएमएसीले तीन स्वर्ण, पाँच रजत र चार कांस्य हात पार्यो । तेस्रो स्थानको भुटानले दुई स्वर्ण, तीन रजत र दुई कांस्य प्राप्त ग¥यो । बाँके र एपिएफले समान दुई-दुई तथा दाङ र रुसले समान एक-एक स्वर्ण जिते । पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
खुसिबुस्थित एमएमएसीको हलमा भएको प्रतियोगिताअन्तर्गत पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अश्विन तामाङ, ३५ केजीमुनि वविन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समलले पामलाई स्वर्ण दिलाउनुभयो । पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनिता नेपाली, ३२ केजीमुनि शशिकला थापा मगर र ४८ केजीमुनि रमा समलले स्वर्ण जित्नुभयो ।
एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्था नापितले महिला ५७ केजीमुनि पहिलो स्थान हात पार्नुभयो । भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण चुम्नुभयो । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण प्राप्त गर्नुभयो । एपिएफका विशेष विकले पुरुष ६६ केजीमुनि तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनि शीर्ष स्थान हात पार्नुभयो ।
त्यस्तै, पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण हात पार्नुभयो । विजेतालाई पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत्सिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । आयोजकका अनुसार दुईदिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजकिस्तान र भारतका २१ वर्षमुनिका २०८ खेलाडी सहभागी थिए ।
समापनका अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टिमलाई पाँच थानका दरले गि प्रदान गरिएको थियो । करिब चार लाख रुपैयाँ बराबरको गि प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच