
काठमाडौं । अञ्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको गीत ‘वाचा गरौं’ सार्वजनिक भएको छ । गीतकार डाक्टर रमिल अधिकारीको शब्द सिर्जना र ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । एक रोमान्टिक प्रेमील जोडीको अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मीठो कहानी आफ्ना दर्शकमाझ पस्किनुभएको छ । गीतकार डाक्टर रमिलका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायत गीत श्रोता÷दर्शकमाझ आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच