
काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नेपाल हस्तकला महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । सिएनआई सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यलाई स्वागत गर्दै हस्तकला उद्योग हाम्रो मौलिक उद्योग भएकाले हस्तकला क्षेत्र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । हस्तकला तुलनात्मक लाभको क्षेत्र भएकाले हस्तकला प्रवद्र्धनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष अग्रवालले सिएनआई र हस्तकला महासंघको संस्थागत उद्देश्य समग्र अर्थतन्त्रको विकास नै भएकाले सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
सिएनआईले सरकारलाई बुझाउने नीतिगत सुझाव अध्ययनमा आधारित हुने गरेको जानकारी गराउँदै उहाँले अध्ययनमा आधारित भएर सुझाव दिँदा सरकारले सुन्ने गरेको समेत बताउनुभयो । हस्तकला महासंघका अध्यक्ष शाक्यले स्वदेशी वस्तु उपयोग बढाउन सिएनआईले गरेको पहलका लागि धन्यवाद दिँदै स्वदेशी वस्तु खपत बढाउन थप पहलको आवश्यकता औंल्याउनुभयो । संस्थागत रूपमा अर्थतन्त्रको विकासका लागि सिएनआईसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । सो अवसरमा सिएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच