
काठमाडौं । सिप्रदीयन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’ देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर सञ्चालनमा आएको छ । देशका विभिन्न भू-भागका बालिकाको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले शिविर सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
कार्यक्रमको पहिलो चरण धरानबाट सुरु गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाले उत्साहसाथ सहभागिता जनाएका थिए । जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले भन्नुभयो, ‘हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसरहरू खोजून् र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने हाम्रो उद्देश्य रहेको छ । फुटबल एक माध्यम हो, लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो, यो कार्यक्रममा स्थानीय समुदाय, विद्यालय, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच