
काठमाडौं । काभ्रे सेवा समाजको अध्यक्षमा पुरुषोत्तम नेपाल चयन हुनुभएको छ । शनिबार राजधानीमा सम्पन्न साधरणसभाले नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । विगत १३ वर्षअघि काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर राजधानीमा बासोवास गर्ने काभ्रेलीहरूको सहभागितामा गठित सो समाजले प्रकाशन गर्दै आएको काभ्रेली गुञ्जन नामक स्मारिकाको पनि विमोचन गरिएको थियो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्का, उपाध्यक्षमा लभराज जोशी, महासिचवमा कमलप्रसाद तिमल्सिना, सचिवमा ओकृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा धनरानी केसीलाई र्निविरोध निर्वाचित गरेको छ ।
सो साधारणसभामा काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर हालै सम्पन्न नेपाल बारको महासचिव पदमा निर्वाचित केदारप्रसाद कोइराला तथा मुकुन्द अधिकारी तथा फूलचोकी क्षेत्रमा हराएका सयौं स्वदेशी तथा विदेशीहरूको उद्दारमा संलग्न दावा लामा तथा गत वर्ष लालितपुरको नख्खु खोला क्षेत्रमा आएको बाढीमा फसेका दुईजनालाई जीवितै उद्धार गर्न सफल चानिकलाल तामाङलाई सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच