काठमाडौं । यस वर्षको पारिजात स्मृति सम्मान विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार स्रष्टालाई अर्पण गरिएको छ । पारिजात स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले काठमाडौंमा एक समारोहको आयोजना गरी स्रष्टालाई सम्मान अर्पण गरेको हो । यस वर्षको पारिजात कला सम्मान मूर्तिकार उत्तम डंगोललाई प्रदान गरिएको छ ।
यस्तै केन्द्रले पारिजात बाल साहित्य सम्मान बाल साहित्यकार तेजप्रसाद श्रेष्ठ, सिर्जना सम्मान साहित्यकार बिना थिङ र पारिजात संघर्षशील नारी सम्मानबाट डा.विन्दा पाण्डेलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नगद राशिसहित उहाँहरूलाई सम्मानपत्र अर्पण गर्नुभएको थियो । गत फागुन ३० गते पारिजातको जन्मजयन्तीका अवसरमा उक्त सम्मान घोषणा गरिएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं