
काठमाडौं । सुनकोशी साहित्य प्रतिष्ठानले नयाँ वर्ष २०८२ को अवसर पारेर ‘ठमेल काव्योत्सव’ सम्पन्न गरेको छ । ठमेलस्थित चिःबहालमा आयोजित काव्योत्सवको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका-२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले यो क्षेत्र कविवर माधव घिमिरे र दुर्गालाल श्रेष्ठको क्षेत्र भएको चर्चा गर्दै वडामा हुने साहित्यिक कर्ममा आफ्नो सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत प्रस्तुत गर्दै विकृति र विसंगतिविरुद्ध बलियो आवाज उठाउनु पर्ने आवश्यकता औंल्याउनुभयो । कवि राजेन्द्र शलभले आफ्नो रचना वाचन गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अतिथि स्नेह सायमीले चिस्वहालको बारेमा प्रकाश पार्दै कविता वाचन गर्नुभएको थियो ।
यस्तै, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सुनकोसी वाङ्मय प्रतिष्ठानले स्थापनाको सुरुमै यति धेरै साहित्यिक गतिविधि सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
काव्योत्सवमा श्रीबाबु कार्की, डा.अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियश रत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, दीपक चौलागाईं, सुष्मा आचार्य अंशु, शशीश्री आचार्य, रुपा रिसाल, ध्रुव थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी, कादम्बरी गंगा थापा अधिकारी, मिनकुमार नबोदित, पूर्णबहादुर श्रेष्ठ ह्रदयंकृत, विष्णु थापा, गोविन्दराज पौडेललगायत तीन दर्जन कविहरूले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच