
✍️ केबी बस्नेत
साधारणतः कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ग्यास वायुमण्डलमा वृद्धि हुँदा पृथ्वीको तापक्रम बढ्छ । यी ग्यासहरू खास गरी पेट्रोल, डिजेल, मट्टीतेल, कोइला जस्ता जीवाश्म इन्धन प्रयोग गर्नाले उत्सर्जन हुन्छन् । जसले विश्वमा जलवायु परिवर्तन गराएका छन् । कुनै पनि देशको आर्थिक विकासमा विभिन्न किसिमका उद्योगहरू ले महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले आज विश्वमा यी उद्योगहरूको संख्या प्रत्येक वर्ष तीव्र रूपले बढिरहेको छ । तर, यो उद्योगहरूले जलवायु परिवर्तनमा टेवा पुर्याएका छन् । विश्वका धेरै देशमा कृषि उत्पादन वृद्धिका लागि विभिन्न किसिमका रासायनिक मल प्रयोग गरिन्छ भने प्रत्येक बालीलाई कीराहरूबाट जोगाउन किटनाशक औषधि अत्यधिक मात्रामा प्रयोग गरिन्छ । यसबाट जलवायु परिवर्तनमा सघाउ पुगेको छ । आज जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा विद्यमान छ । यसको कारण प्रत्येक वर्ष विश्वभरि नै विभिन्न किसिमका दैवी प्रकोप निरन्तर बढिरहेका छन् । जसबाट खासगरी विकासशील र अति कम विकसित देश निकै प्रभावित भएका छन् ।
वस्तुतः जलवायु परिवर्तन मानव निर्मित एक समस्या हो । जुन एक क्षेत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा फैलिएको छ । जलवायु परिवर्तनको सबैभन्दा बढी नकारात्मक प्रभाव कृषिक्षेत्रमा परेको छ । उक्त परिवर्तनको कारण विश्वमा धेरैजसो देशहरूमा मौसम अनुकूलको किसानलाई परिवर्तन अनुकूलको तालिम, प्रविधि र आवश्यक सुविधाहरू दिई खेतीगर्न प्रोत्साहन नदिएमा भविष्यमा विश्वमा खाद्य संकट बढ्नेछ र भोकमरीको समस्या थपिनेछ । जलवायु परिवर्तनको दृष्टिकोणबाट नेपाल विश्वको चौथो जोखिमयुक्त देश हो । उक्त परिवर्तनको कारण यहाँका हिमनदीहरू प्रतिवर्ष ६० मिटरको दरले खुम्चिँदै छन् । यतिमात्र नभई यहाँका हिमतालहरू फुटेर बाढीपहिरो बढ्दै जानाले सिमसार क्षेत्र सुक्ने र पुरिने क्रम बढ्दो छ । फलस्वरूप, पशुपक्षीको बासस्थान साँगुरो हुने, क्षय हुने र अन्त्यमा नाश हुने सम्भावना बढेको छ । यसबाट स्थानीय जनताको जनजीवनमा नकारात्मक प्रभाव पर्नु स्वभाविक हो । यद्यपि, आजसम्म पनि सम्बन्धित पक्षको ध्यान यसतर्फ उपयुक्त किसिमबाट आकृष्ट हुनसकेको छैन ।
हाल अमेरिकाले धेरै देशमा दिँदै आएको सहयोग स्थगन गर्ने काम मात्र नगरी जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कुनै काम नगर्ने भएको छ । अन्य देशहरूले पनि भविष्यमा यस्तै गरे भने जलवायु परिवर्तनको समस्या विकराल हुँदै जानेछ । नेपालमा विदेशी सहयोग प्राप्त भएपछि मात्र जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कार्ययोजना बनाइन्छ । तर, उक्त सहयोगको भरोसा नभएकोले भविष्यमा यहाँका विकास कार्यलाई जलवायुमैत्री बनाउन आवश्यक छ । यसका लागि यहाँका कृषि, पूर्वाधार, ऊर्जा आदि क्षेत्र जलवायुमैत्री बनाउन जरुरी छ ।
जलवायु परिवर्तनबाट यहाँको हिमाली क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । उक्त परिवर्तनबाट सो क्षेत्रका मानिसको जीवन यापनमा कस्तो प्रभाव परेको छ भन्ने कुुराको मूल्यांकन आजसम्म गरिएको छैन । त्यसैले, उक्त क्षेत्रका जनताको पीडा थोरै व्यक्तिहरूले मात्र बुझेका छन् । हिमाली क्षेत्रबाहेक यहाँका तराई, मध्य तराई, पहाड र मध्य पहाडमा पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव परेको छ । जसबाट जनधनको मात्र नाश नभई कृषि उत्पादनमा समेत ह्रास आएको छ । यही अवस्था विद्यमान रहेमा भविष्यमा भोकमरीको समस्या नबढ्ला भन्न सकिँदैन ।
केही वर्षयता काठमाडौं उपत्यकामा पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव परेको छ । विकासको नाममा भित्रिएका विकृतिले यहाँको प्राकृतिक सौन्दर्यमा नकारात्मक प्रभाव परेको छ । पौराणिक तथा ऐतिहासिक सभ्यताको केन्द्र मानिएको यस उपत्यकाको हरियाली नाश हुँदैछ । यसबारे समयमै ध्यान नदिएमा उक्त उपत्यकाको सौन्दर्यमा नकारात्मक प्रभाव नपर्ला भन्न सकिँदैन । वस्तुतः जलवायु परिवर्तनले यस धरतीमा रहेका विभिन्न तत्वलाई असर पारिरहेको छ । जसले गर्दा यहाँका वनस्पति तथा सम्पूर्ण जीवित प्राणीको अस्तित्वमा शंका उब्जेको छ । त्यसैले, जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता हो । जसका लागि सर्वप्रथम त स्थानीय निकायको क्षमता अभिवृद्धि गर्नुपर्दछ । त्यसपछि जलवायु परिवर्तनसम्बन्धी कार्य उक्त निकायको रेखदेखमा सञ्चालन गर्नुपर्दछ । योबाहेक जलवायु परिवर्तनका कारण खाद्यान्न, पर्यावरणीय प्रणाली र स्वास्थ्यमा पर्ने सम्भावित खतराबाट बच्न प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुपर्दछ ।
एकातर्फ जलवायु परिवर्तनको सम्बन्धमा लक्षित समूहका लागि सही तथ्यांक तथा सूचना प्रवाह गर्न आवश्यक छ भने अर्कोतर्फ सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न उत्तिकै जरुरी छ । स्थानीय निकायको विषय विज्ञताको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र नागरिक समाजको सहभागितालाई प्रश्रय दिन उचित देखिन्छ । वास्तवमा जलवायु परिवर्तन न्यूनीकरण गर्ने काम सहज छैन । यसका लागि दक्ष जनशक्तिको उत्पादन एवं परिचालन गर्न आवश्यक छ । जसका लागि आर्थिक स्रोत वृद्धि गर्न जरुरी छ । साथै एकातर्फ जलवायु परिवर्तनलाई औपचारिक तथा अनौपचारिक शिक्षालगायत दूर शिक्षा एवं खुला सिकाइ कार्यक्रममा समावेश गर्नुपरेको छ भने अर्कोतर्फ जलवायु अनुकूलन तथा न्यूनीकरणसम्बन्धी परम्परागत ज्ञान, सीप, प्रविधिसम्बन्धी सामग्री संकलन, प्रचारप्रसार र उपयोग गर्ने कार्य गर्ने र गराउनुपरेको छ ।
जलवायु परिवर्तन र यसबाट परेको प्रभावबारे अध्ययन अनुसन्धान गरी प्रतिकूल प्रभाव वा निर्मूल गर्ने उपायको कार्यान्वयन गर्न क्षेत्रगत तथा विषयगत ज्ञान उपार्जन गर्न एवं अनुसन्धानबाट प्राप्त तथ्यांक सञ्चित गर्दै जलवायुलगायत अन्य प्रारुप तयार पारी अध्ययन अनुसन्धानमा प्रयोग गर्न नितान्त आवश्यक छ । साथै, जलवायु न्यूनीकरणसम्बन्धी उल्लेखनीय काम गर्ने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाउँन चुक्नु हुँदैन ।
केही वर्षयता जलवायु परिवर्तन न्यूनीकरण गर्ने काम सबै देशमा एक गम्भीर समस्या भएको छ । यसमा नेपला अछुतो रहन सकेको छैन । जलवायु परिवर्तनले पारेको वा पार्ने भौगोलिक तथा विषयगत जोखिम क्षेत्रको पहिचान एवं प्रभावको अध्ययन गरी प्रभाव न्यूनीकरण गर्ने, उपयुक्त उपायको खोजी गर्ने, जलवायु परिवर्तनका प्रक्रिया, प्रभावको पहिचानपश्चात सम्पूर्ण भूभागको प्रतिनिधित्व हुनेगरी जलवायु न्यूनीकरण केन्द्रको सञ्जाल विस्तारमात्र नगरी तथ्यांक प्राप्त गर्ने प्रणालीको विस्तार गरी प्राप्त तथ्यांकको विश्लेषण गरी व्यवहारमा उतार्नुपर्ने देखिन्छ । यो काम यथाशीघ्र गर्न नसकेमा आगामी दिनमा जलवायु परिवर्तनको समस्याले विकराल रूप लिनेछ ।
प्रविधिले जलवायु परिवर्तन न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न उपयुक्त प्रविधिको विकास गर्न जरुरी छ । जलवायु परिवर्तनमा हरित ग्यासले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले उक्त ग्यासको उत्सर्जन कम गर्न एकातिर स्वच्छ तथा हरित ऊर्जा दक्षता प्रविधिको विकास गरी प्रयोग गर्न आवश्यक छ भने अर्कोतिर मिथेन ग्यास कम उत्सर्जन गर्ने कृषि प्रविधिको विकास गरी कार्यान्वयन गर्न जरुरी देखिन्छ । वनजंगलले जलवायु परिवर्तन न्यूनीकरणका निम्ति, महत्वपूर्ण भूमिका खेल्ने हुनाले यसको प्रवद्र्धन तथा संवद्र्धनका लागि विशेष ध्यान दिनु आवश्यक छ । योबाहेक जलवायु परिवर्तन न्यूनीकरणका लागि समयानुकुल विकास पूर्वाधार एवं संरचना निर्माणका लागि आवश्यक अनुसन्धानमार्फत उपयुक्त प्रविधिको विकास गरी सो उपयोग गर्ने जलवायुमैत्री प्राकृतिक स्रोत व्यवस्थापन र वैज्ञानिक भूृउपयोग प्रणालीको विकास गरी लागू गर्न जरुरी छ । जलवायु परिवर्तन न्यूनीकरणका लागि एकातिर कृषि वन, चरन क्षेत्र र भूसंरक्षणसम्बन्धी कार्यक्रम प्राथमिकताका साथ लागू गर्न आवश्यक छ भने अर्कोतिर ऊर्जा स्रोतको धुवाँरहित जलविद्युत् उत्पादनका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन गर्न जरुरी छ । यतिमात्र होइन, माटो र पानी संरक्षणका लागि पानीका मुहान संरक्षण, वर्षाको पानी संकलन र पर्यावरणीय सरसफाइ जस्ता काम गर्नुको अलावा कार्बन सञ्चितीकरण एवं डढेलो न्यूनीकरणलाई विशेष जोड दिन आवश्यक छ । नियमित रूपमा गर्न सकेमा भविष्यमा यहाँ जलवायु परिवर्तन न्यूनीकरणका लागि ठूलो सघाउ पुग्नेछ ।
जलवायु परिवर्तनबाट यहाँको हिमाली क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । उक्त परिवर्तनबाट सो क्षेत्रका मानिसहरूको जीवन यापनमा कस्तो प्रभाव परेको छ भन्ने कुुराको मूल्यांकन आजसम्म पनि गरिएको छैन । त्यसैले, उक्त क्षेत्रका जनताको पीडा थोरै व्यक्तिहरूले मात्र बुझेका छन् । हिमाली क्षेत्रबाहेक यहाँका तराई, मध्य तराई, पहाड र मध्य पहाडमा पनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव परेको छ । जसबाट जनधनको मात्र नाश नभई कृषि उत्पादनमा समेत ह्रास आएको छ । यही अवस्था विद्यमान रहेमा भविष्यमा भोकमरीको समस्या नबढ्ला भन्न सकिँदैन ।
आज जलवायु परिवर्तन एक गम्भीर विश्वव्यापी समस्याको रूपमा देखापरेको छ । जसका कारण विश्वभर बसाइँसराइ तीव्र रूपले बढिरहेको छ । वस्तुतः जलवायु परिवर्तन मानिसले रोक्न सक्दैन । यद्यपि, प्रविधिको प्रयोगबाट यो अनुकूलन गर्न सकिन्छ । नेपाल जलवायु परिवर्तनमा धेरै कम योगदान प्रदान गर्ने देश हो । परन्तु, यो उक्त परिवर्तनबाट धेरै पीडित मुलुकमध्ये एक हो । जलवायु परिवर्तनका कारण यहाँको हिमाली क्षेत्र गम्भीर रूपले प्रभावित छ । जसका कारण यहाँको जनजीवनमा नकारात्मक प्रभाव परेको छ । नेपालको हिमाली क्षेत्रमा विद्यमान जलवायु परिवर्तनको नकारात्मक प्रभाव केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आफैंले अवलोकन गरेका थिए । यद्यपि, यस सम्बन्धमा हालसालै सम्पन्न कोपका शृंखलाले खासै महत्व दिएको देखिँदैन । जलवायु परिवर्तनको रोकथामको सम्बन्धमा भविष्यमा संयुक्त राष्ट्रसंघबाट सहयोगको रूपमा केही रकम प्राप्त हुनसक्छ । उक्त रकमको सदुपयोगका लागि उपयुक्त योजना बनाई कार्यान्वयन गर्न आवश्यक छ । छिमेकी राष्ट्रहरू भारत र चीनमा गरिएका विकाससम्बन्धी क्रियाकलापले नेपालको जलवायु परिवर्तनमा नकारात्मक प्रभाव परेको छ । यस सम्बन्धमा यथाशीघ्र बहस गरी सुधारतर्फ उन्मुख हुन जरुरी छ ।
विश्वमा विद्यमान जलवायु परिवर्तनको समस्या समाधान गर्न अमेरिका, बेलायतलगायत पश्चिमा देशको भूमिका महत्वपूर्ण रहँदै आएको छ । उक्त समस्या समाधानका लागि यी देशमा प्रविधि, लगानी र व्यवस्थापकीय क्षमता विद्यमान छ । सन् १९९२ मा जलवायु परिवर्तनसम्बन्धी महासन्धि भयो भने सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न सम्झौतामा जलवायु परिवर्तनका समस्या समाधान विकसित राष्ट्रले गर्नुपर्ने किटान गरिएको थियो । तर, पछिल्लो समय अर्थराजनीति र भूराजनीतिक द्वन्द्वको कारण अमेरिकालगायत अन्य देशहरू जलवायु परिवर्तनको न्यूनीकरणको लागि टाढिन थालेका छन् ।
हाल अमेरिकाले धेरै देशमा दिँदै आएको सहयोग स्थगन गर्ने काम मात्र नगरी जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कुनै काम नगर्ने भएको छ । अन्य देशले पनि भविष्यमा यस्तै गरे भने जलवायु परिवर्तनको समस्या विकराल हुँदै जानेछ । नेपालमा विदेशी सहयोग प्राप्त भएपछि मात्र जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कार्ययोजना बनाइन्छ । तर, उक्त सहयोगको भरोसा नभएकाले भविष्यमा यहाँका विकास कार्यलाई जलवायुमैत्री बनाउन आवश्यक छ । यसका लागि यहाँका कृषि, पूर्वाधार, ऊर्जा आदि क्षेत्रहरू जलवायुमैत्री बनाउन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच