
गत बिहीबारबाट क्रमशः
म धरान आउँदा यसपटक घरको वातावरणमा परिवर्तन भएको रहेछ । पौडेल परिवार तरहराको हासकोसामा जग्गा किनेर त्यतै सर्नुभएछ । हाम्रो घर धरान पब्लिक हाइस्कुलका विद्यार्थीहरूले भरिएर छात्रवासझैँ भएको देखेर कताकता मेदिबुंगझैँ लाग्यो । घरको माथिल्लो तलामा सानु दिदी नौ कक्षामा पढ्दै गरेका दाजु युवराज र दश दक्षामा पढ्दै गरेका मेरा भान्दाइ भवानी (शंकर) सापकोटा बस्नुहुँदो रहेछ भने तल्लो तलाको हल कोठामा पब्लिक हाइस्कुलका जेहेन्दार विद्यार्थीहरू हरिनारायण खनाल, पद्मप्रसाद ढुंगाना, डिल्लीराम खनाल, गुरुप्रसाद बाँस्कोटा टंक बाँस्कोटा आदि बस्ता रहेछन् । थोरै समयमै म सानु भए पनि मेरो चञ्चले स्वभावका कारणले सबैको प्रिय भए । धरान आएको दुईचार दिनमै सबैले मेरो अंग्रेजी पढ्ने विचारको अनुमोदन गरेँ । ‘आजकलको जमानामा पनि कसैले संस्कृत पढ्छ भाइले ठीक निर्णय ग¥यौ’ भनेर मलाई फुरुंग बनाए । यो फुरुंग बनाउनेमा भवानी भान्दाइ अग्रपंक्तिमा हुनुहुन्थ्यो ।
म धरान आएको केही दिनपछि अभिभावकसँग कुरा गर्न भवानी भान्दाइ र म चक्रघट्टी जान बिहानै घोपाको रेल्वे स्टेशनमा पुग्यौ । चक्रघट्टी जाने यो रेलको विकल्पमा पैदल हिँड्नुबाहेक अन्य विकल्प थिएन । घना जंगलभित्र यही रेलको लिकलाई बाटो समातेर पैदल जान पनि समान्य मानिसका लागि दुर्भेद्य मानिन्थ्यो । यसबेला भारतले हजारौं डिब्बा ढुंगा भारततर्फ निकासीको लागि भीमनगरबाट रेल पटरीको सञ्जाल धरानको घोपा र चतरासम्म कोशी प्रोजेक्टको नाममा फैलाएको थियो । मूलतः कोशी व्यारेज निर्माणको नाममा लगिएका ढुंगाहरूले केवल व्यारेजमात्र बनाएन भारतले बरू विहारका सयौं योजना बनाउ पुग्ने गरी वर्षौं ढुंगा आसार्ने काम गर्यो । त्यसैले यो ढुंगे रेलको कुनै समय तालिका थिएन । कुनै दिन तीन-चारपटक आउने रेल कुनै दिन चौबीस घण्टासम्म पनि नआउन सक्तथ्यो ।
भारतले हजारौ डिब्बा ढुंगा भारततर्फ निकासीका लागि भीमनगरबाट रेल पटरीको सञ्जाल धरानको घोपा र चतरासम्म कोशी प्रोजेक्टको नाममा फैलाएको थियो । मूलतः कोशी व्यारेज निर्माणको नाममा लगिएका ढुंगाहरूले केवल व्यारेजमात्र बनाएन भारतले बरू विहारका सयौं योजना बनाउ पुग्ने गरी वर्षौ ढुंगा आसार्ने काम गर्यो ।
आज बिहान चिया र चिउरा खाएर हिँडेका हामीले दिनभर ढुंगे रेलको प्रतीक्षामा केही कप चियाको भरमा दिन कटायौं । दिन भरिमा हामीले पटक-पटक स्टेशन मास्टरसँग रेल कतिखेर आउला ? भनेर प्रश्न गर्यौ । स्टेशन मास्टर विनम्र स्वभावको रहेछ । उसले पनि झर्को नमानी हाम्रो चित्त बुझाउन चिच्याउँदै कहिले चक्रघट्टी त कहिले भिमनगरसँग खबर बुझी रहृयो र अन्तमा एकै उत्तर भीमनगरबाट रेल छुटेको छैन भनेर दोहोर्याइ रहृयो । यो सोध्ने र पर्खिने कामले आजित भएर हामीले नौ बजेसम्ममा पनि रेल आएन भने घर फर्किने निर्णय गर्यौ र थप केही समयका लागि पुनः रेलको प्रतीक्षा गर्न थाल्यौ । यही प्रतीक्षाको अन्तिम घडीमा स्टेशन मास्टरले चक्रघट्टीबाट रेल छुटेको सुसमाचार हामीलाई दियो । हामीले दिनभरको भोक र थकाई बिर्सिएर दुःखद् प्रतीक्षाको अन्त हुने भएकोमा खुशी मनायौं ।
रेल छुटेको सूचना प्राप्त भएकोे करिब एक घण्टापछि उसको सिटी सुनियो । हामी ढुक्क भएर जंगलको आकाशमा फैलिएको प्रकाश पुञ्जलाई हेर्न थाल्यौ । जब आकाश मार्गमा क्रमशः अगाडि बढिरहेको त्यो प्रकाशपुञ्ज एकाएक फर्किएर हाम्रो सामन्ने प्रकट भयो हामीले रेल घुम्तीबाट हामीतिर मोडिएको प्रत्यक्ष देख्यौं । यसरी पलपलको प्रतीक्षाको अन्त हाम्रा अगाडि रेल आएर छुकछुकाउन थालेपछि पूर्ण भयो । दिनभरको लामो प्रतीक्षापछि प्राप्त उपलब्धिलाई छिटो सदुपयोग गर्न हामी सबै जुरमुराए पनि नियमित कर्म डब्बा मिलाउने, इञ्जनमा पानी भर्ने आदि इत्यादी कार्य हाम्रा लागि केही समय बाधक बने । जति नै राति भए पनि हामीसँग धैर्यको विकल्प थिएन । अन्ततः चालकले रेल छुट्ने संकेतको लामो सिटी बजाएर रेल छुट्ने सन्देश दियो । हामी बिहानदेखि पर्खिएर बसेका करिब सयजना यात्रुहरू चाडै गन्तव्यमा पुग्ने आशाले ढुंगाले भरिएका डिब्बामा बसेर यात्रा गर्न थाल्यौ ।
करिब रातिको साढे दशबजे घोपामा रेल चढेका हामीहरू अन्ततः सवा एघार बजेतिर चक्रघट्टी पुगेर आआफ्नो गन्तव्यतर्फ लाग्यौ । भान्दाइ र मेरो गन्तव्य कालापानी पुग्न करिब बीसपच्चीस मिनटको साल, क्यामुना, फडिर, हर्रो आदि वृक्षले भरिएको घना जंगल पार गर्नुथियो तसर्थ म मनमनै डराए र भान्दाइलाई यो जंगल कसरी पार गर्नेे होला ? भनेँ । उहाँले नडराउँ भन्दै मेरो हात समाउनुभयो र मलाई आफूतिर तानेर अगाडि लगाउनुभयो । जुनेली रातमा जंगलमा हाम्रो पदचापले तर्सिएका चराचुरूंगीहरूको सर्याकसुरकलाई देखिएका ठुटाहरूलाई कतै भूत कतै चोर लुकेको भ्रममा तर्सँदै र बाटोको सानो डोरालाई सर्प ठान्दै अन्ततः अन्दाजमा हामी कालापानीको घरमा पुग्यौ । घरमा पुग्ने वित्तिकै मैले आमा ! आमा ! भनेर दुईपल्ट बोलाउनासाथ आमा आएर ढोका खोल्नुभयो ।
हामीभित्र पस्यौ आमाले भानिजलाई सम्मानसाथ खाटमा राख्नुभयो र मतिर हेरेर छक्क परेझैँ गर्नुभयो । मैले आमालाई ढोगी दिए र म ताप्लेजुंगबाट फर्किएमात्र भने । यसबारे आमाले थप केही भन्नुभएन । केही बेरको मौनता पछि ‘आज रेल ढिलो आयो ?’ आमाले आफैँ भन्नुभयो । उत्तरमा ‘बिहानदेखि कुर्दाकुर्दा यतिखेर भयो’ स्पष्टीकरणका रूपमा भान्दाईले यतिमात्र उत्तर दिनुभयो । ए भोकले मारेछ आज ! आमाले यति भनिसक्ता भाउजु पनि उठेर आएर आमाका पछाडि उभिनुभयो र केही नबोली भान्सातिर लाग्नुभयो । आमा र भान्दाइको संवादको बीचमै हाम्रा लागि भाउजुले चाम्रे र भुटेको आलुको परिकार तयार पारेर खान बोलाउनुभयो । खाना खाएर हामी सुत्ने तरखरमा लाग्यौ ।
बिहान आमाले चिया खान उठाउँदामात्र मैले उज्यालो भएको थाहा पाएँ । म उठ्दा सबैजना उठिसकेको देखेर मेदिबुंगलाई सम्झे । त्यहाँ छात्रावासमा हामीले सबैभन्दा पहिले उठेर कौमुदी, रघुवंश, अमरकोष आदिका सूत्र र श्लोकहरू सुरुदेखि वर्तमान पाठसम्म खरर भनिसक्दा पनि कहिले कही उज्यालो हुँदैनथ्यो तर, अहिले यहाँ चियाखान उठ भन्नुपर्ने भए । आमाले उठ भनिसक्दा म उठँे र बाहिर आए । बुबा दाजुहरू बाहिर बसेर चियाको सुर्को लिँदै हुनुहुँदो रहेछ । म सरासर इनारमा गए मुख धोए र आएर बुबाआमा र दाजुलाई ढण्डवत् गरेँ । मैले त्यति गरिसक्दा नसक्दै भाउजुले चिया ल्याएर दिनुभयो । म चिया लिएर भान्दाइको छेउमा बसेँ । केही बेरपछि चियाका केही सुर्की लिँदै दाजुले ‘अनि तँ त पढ्न छोडेर आइछस् त ?’ भनेर कुराको सुरुवात गर्नुभयो । मैले केही भन्नुपूर्व नै प्रायः थोरै बोल्ने बुबाले ‘शास्त्रीसम्म संस्कृत पढेपछि तेरो खुशी गर्नु !’ मात्र भन्नुभयो । यो संवादबाट मैले म ताप्लेजुंगबाट धरान फर्किएर आएका कारण भवानी भान्दाइले पहिले नै भनिसक्नु भएको अनुमान गरेँ । त्यसबेला म एक शब्द बोलिन तर भवानी दाइले मेरो चित्त नबुझेको थाहा पाएर बुबालाई ‘होइन मामा भाइको विचारलाई व्यवधान नगरौ, उनलाई पब्लिक हाइस्कुलमै भाइ युवराज र मसँगै पढ्न दिउँ । आगनमा स्कुल हुँदाहँदै उनलाई किन त्यति टाडा पठाउनु ?’ भनेर आग्रहपूर्वक सम्झाउन थाल्नुभयो । यसरी बुबासँग दोहोरो कुरा गर्ने हामी कसैमा सामथ्र्य थिएन ।
भवानी दाइलाई भानिज भनेर बुबा असाध्यै माया र सम्मान गर्नुहुन्थ्यो । उहाँका कुरा सुन्नु पनि हुन्थ्यो । भान्दाइको यस्तो आग्रह सुनेपछि बुबाले ‘भानिज ! त्यहाँ एक वर्ष बसेर पूर्वमध्यमा गर्यो र यसले लगातार पास गर्दे गयो भने उन्नाईस-बीस वर्षको उमेरमै यो ज्योतिषाचार्य बन्न सक्छ । त्यसपछि जे गर्दा पनि भयो । मेरो बिडो थामेर उत्तराधिकारी बन्छु भन्यो भने अझै राम्रो’ भनेर आफ्नो मनको भित्रि आशय खोल्नुभयो । त्यसैबेला सायद फर्किएर आएको छोरालाई आफ्ना समीपबाट कतै नपठाउँ भन्ने उद्देश्यले हो कि ? छेवैमा उभिएकी आमाले ‘जादैन भने किन कर गर्नु त उसलाई केही अप्ठेरो परेर आयो कि ? धरानमा आफ्नो घर छ दिदी खाना बनाएर भाइहरूलाई खुवाउन बसेकै छे तसर्थ किन त्यो विकटमा पठाउनु । धरानमै बसेर पढ्छु भन्छ भने झन् राम्रो’ भनेर आफ्नो राय दिनुभयो । आमाको राय सुनेपछि बुबाले ‘आमा पनि कुरै नबुझी यही बसोस् भन्छे भने ठीकै छ भाञ्जा हाइस्कुलमै नाम लेखाइ दिनु न त !’ सहज भावमा भनेर हुक्का तान्न थाल्नुभयो । बुबाको हाइस्कुल पढ्ने तोक आदेश पाएपछि मनमनै मेरो खुशीको सीमा रहेन । सायद भाइलाई दिएको आश्वासन पूरा भएकोले होला भान्दाइले पनि खुशी हुँदै ‘ल अब खाना खाएर धरान फर्कनुपर्छ’ भन्नुभयो । भान्दाइको आजै फर्कने कुरा सुनेर आमाले एकदुई दिन बसेर जान आग्रह गरे पनि पढाइ विग्रन्छ भनेर मान्नु भएन । त्यसदिन मेरा मनको आमासँग दुईचार दिन अझै बस्ने लोभलाई पब्लिक हाइस्कुलको छात्र बन्ने तीव्र इच्छाले जित्यो । म खाना खाएर भान्दाइसँग धरान फर्किन राजी भए र बाटो लागेँ ।
घरबाट निस्किएर केही पर पुगेपछि भान्दाईले रातसम्म कुरेर भएपनि धरान जाने र आइतबार स्कुलमा मेरो नाम लेखाउने कुरा सुनाउँदा मन अझ प्रफुल्ल भयो । केही बेरमा नै हामीले जंगल पार गर्यौँ । रेल्वेमा पुगेर रेल स्टेशन तिर हेर्दा रेलको खाली डब्बाहरूमा मानिस भरिएर रेल कुरिरहेका देख्यौ । यसरी डब्बामा मानिसहरूको चहलपहल हुनुको अर्थ रेल घोपा वा चतरा कतै जाने तयारीमा छ भन्ने भएकाले छिटो आउ भन्दै भान्दाइ लम्कनुभयो । उहाँको यो लम्काइ मेरो लागि सानुसानु म्याराथुनसरह भयो । अन्ततः पछिपछि कुद्दै म सँगसँगै रेलको डिब्बासम्म पुगेँ । रेल घोपा जानलाई तयार भएको रहेछ । हत्तपत्त भान्दाइ रेलमा चड्नुभयो र मेरो हातमा तानेर मलाई पनि चढाउनुभयो । चढेको केही मिनटमै रेल घोपातिर लाग्यो र अन्ततः हामी दिउसो एकबजे तिर धरानको घरमा पुग्यौ ।
४. म धरान पब्लिक हाइस्कुलको छात्र भए
हामी चक्रघट्टीबाट फर्किएको भोलिपल्टै भान्दाइले मलाई पब्लिक हाइस्कुलमा लिएर जानुभयो । म धरानमै हुर्किएको भए पनि यो भन्दा पहिले कहिल्यै यो स्कुलमा प्रवेश गरेको थिइन । स्कुल मूल ढोकाबाट प्रवेश गर्ने वित्तिकै पहिलो दृष्टिमा नै मलाई पब्लिक हाइस्कुल पिण्डेश्वर तथा बाल सुबोधिनीभन्दा पृथक लाग्यो । म जतिजति स्कुलतिर बढे उतिउति मैले सुनेको हाइस्कुल पूर्वाञ्चलकै शिक्षाको संवाहक हो भन्ने भनाइ यथार्थमा सत्य रहेछ भन्ने अनुभूत भयो । हाइस्कुल भवनमा प्रवेश गरेपछि मलाई भाान्दाइले सिधै हेडसर हरिहर वर्माको कोठामा लिएर जानुभयो । शिष्टाचारपूर्वक मैले त्यहाँ भएका सबै शिक्षकलाई नमस्कार गरे । स्कुल लाग्नुपूर्वको समय भएकाले होला हेड सरको कोठाका कुर्सीहरू लगभग सबै शिक्षकले भरिएको थियो । कोठामा पस्ने बित्तिकै दाइले मेरो बारेमा सविस्तार अर्थात् ताप्लेजुंगमा पूर्वमध्यमा पढ्दै गरेको तर घरबाट टाढा भएकोले अब यही अग्रेजी पढ्ने इच्छा लिएर फर्किएकोे आदि यावत् कुराहरू व्यहोरा फरर पढेझैँ बताउनुभयो ।
दाइको कुरा अन्त्य भएपछि हेडसरले केही प्रमाणपत्र छ ? प्रश्न गर्नुभयो । मैले मेदीवुंगबाट प्रमाणपत्र ल्याएको थिइन तसर्थ मैले केही छैन भनेँ । मेरो प्रतिउत्तरमा हेडसरले एकछिन् केही गम्नुभयो र मलाई मेरो नाम, उमेर तथा ताप्लेजुंगका पढाइको बारेमा सोध्नुभयो मैले फटाफटा भनेँ । सोधाइको अन्त्यमा अंग्रेजी कत्तिको पढ्न सकिन्छ ? पूरक प्रश्न गर्नुभयो । मैले नढाटी राम्रोसँग आउँदैन यथार्थ कुरा भनेँ । यति सोधखोज गरेर हेडसर चुप लाग्नु भयो । हेडसर चुप लागेपछि उहाँको छेवैमा बसेर मेरो र हेड सरको संवाद सुनिरहनु भएका राजेन्द्र सरले (पछिमात्र मैले चिनेँ)नेपाली, सामान्य ज्ञान र गंगाधर गुरूले संस्कृतका केही श्लोक सोध्न थाल्नुभयो मैले खरर जवाफ दिए । मेरा जवाफ सुनेपछि हेडसर र छेवैमा बसेका राजेन्द्र सरले आपसमा केही सल्लाहा गर्नुभयो ।
कसैले मेरो टुप्पी तान्ने, मैले पछाडि फर्किएर हेरे पनि मानिस नचिन्ने र मेरो अन्यौलतामा केटाहरू हास्ने क्रमले केही बेर निरत्तरता पायो । यसबेला म कमिज र सुरुवाल लगाउने गर्थे र म संस्कृत विद्यालयबाट आएकोले टुप्पी पनि लामै थियो । त्यहा सर्ट पेन्ट वा हापपेन्ट लगाउनेका अगाडि म पृथक नै देखिएको थिए । कक्षाका केही साथीहरूको नजरमा सायद पाखे पनि देखिएको थिए कि ?
राजेन्द्र सरले मलाई कति कक्षामा पढ्न सक्छौ ? भनेर प्रश्न गर्नुभयो । कति भन्ने कति ! म अप्रत्याशित प्रश्नमा अन्योलग्रस्त भए केही बोल्न सकिन । मेरो मौनता बुझेर हेडसर आफैंले कक्षा नौमा पढ मिहिनेत गर एक वर्षमा अंग्रेजी राम्रो भइहाल्छ तिम्रो भन्नुभयो । म मनमनै खुशी हुन थालेँ । यहीबेला दाइले कक्षा आठमा राख्दा जग अझ राम्रोहुन्छ कि सर ! भरखर तेह्र वर्षको मात्र भएको छ भाइ भन्नुभयो । उहाँले यति भनिसक्दा हेडसरले मलाई शिरदेखि तिरसम्म हेर्नुभयो र ठीक छमात्र भन्नुभयो । हेडसरको आशय बुझेर राजेन्द्र सरले कक्षा आठमा प्रवेश दिने भनेर सानु चिर्कटोमा लेखी दिनुभयो । हामी त्यही कागज लिएर क्लर्क अफिसतिर गयौँ । त्यहा हामीले फर्म भर्यौ । फर्म भर्दै गर्दा त्यहाँ आइपुग्नु भएका यूसी. दत्त सरले वैक्रमाब्द संवत्लाई अंगे्रजी करण अर्थात् इस्वी संम्वत्मा परिणत गरिदिनुभयो र केही मिनटमै म हाइस्कुलको छात्रका रूपमा दर्ता भए । दर्तापछि क्लर्क दाईले पीयन बोलाएर मलाई कक्षा आठको सेक्सन ‘बि’ कोठामा पुर्याउन आदेश दिनुभयो ।
पीयनले मलाई कक्षा कोठामा पुर्याउँदा देवलाल सर अंग्रेजी पढाउँदै हुनुहुँदो रहेछ । उहाँले मलाई केही क्षणअगाडि अफिसमा देखेकोले केही नबोली दोस्रो बेञ्चको खाली सिटमा बसाउनुभयो र पुनः पढाउन थाल्नुभयो । पढाउने क्रममा उहाँले धेरैलाई हिजो पढाएको पाठ सोध्नुभयो र न आउने कतिलाई कान समातेर उठबस गर्न लगाउनुभयो भने कतिलाई घुँडाटेकेर बस्न लगाउनुभयो । उहाँले यस प्रकारले दण्ड दिँदै गर्दा खासखुस गर्नेका गाला चड्काउनु पनि भ्याउनुभयो । मैले पछि थाहा पाए देवलाल सर त ओखरझै राम्रो विद्यार्थीका लागि गुदी र अनुसाशनहीनको लागि कडा आवरणझँै हुनुहुँदो रहेछ । सरका वारेमा कयौं किंवदन्ती रहेछन् । देवलाल सरले रीस उठेर खेद्नुभयो भने सारा धरान, विजयपुर घुमाएर भएपनि भेट्नु हुन्छ र दण्ड दिनुहुन्छ भन्ने भाष्यनै बनेको रहेछ । सरका कयौँ विवेचन गर्न योग्य कुरामा सरलाई कुनै विद्यार्थीले मलाई त्यसले कुट्यो भनेर पोल लगायो भर्ने तैले किन नकुटेको त के तेरा हातमा दही जमेको थियो ? भन्ने सरको भनाइ विद्यार्थीबीचमा चर्चाको विषयनै रहेछ । पहिलो दिननै सरको दण्ड विधान देखेर म मनमनै आत्तिए । भोलिदेखि कसरी पाठ बुझाउने होला भनेर मनमनै सोच्न थालैँ ।
घण्टी सकिएपछि सरबाहिर निस्कने वित्तिकै पछाडिबाट कसैले मेरो टुप्पी तान्न थाल्यो । कसैले मेरो टुप्पी तान्ने, मैले पछाडि फर्किएर हेरे पनि मानिस नचिन्ने र मेरो अन्यौलतामा केटाहरू हास्ने क्रमले केही बेर निरत्तरता पायो । यसबेला म कमिज र सुरुवाल लगाउने गर्थे र म संस्कृत विद्यालयबाट आएकोले टुप्पी पनि लामै थियो । त्यहा सर्ट पेन्ट वा हापपेन्ट लगाउनेका अगाडि म पृथक नै देखिएको थिए । कक्षाका केही साथीहरूको नजरमा सायद पाखे पनि देखिएको थिए कि ? टुप्पी तान्ने र हास्ने यो क्रम अर्का शिक्षक यूसी.दत्त न आउन्जेलसम्म चली रहृयो । सर पढाएर गएपछि पनि म निःसहाय भएर हैरानी मै रहेँ । त्यसपछिको घण्टीमा नेपाली पढाउन आएका हेमन्त सरले पढाउदै सोधेका प्रश्नमा म वाचाल बनेँ । सरले तिमीलाई त आइहाल्छ नि भनेर प्रोत्साहित गर्नुभयो । त्यसपछि अंग्रेजी, हिसाब र साइन्सको घण्टीमा बाहेक अरू घण्टीमा म वाचाल नै रहेँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच