
कालीकाेट । कालीकोटको पचालझरना गाउँपालिकास्थित पडेक्षा खेलमैदानमा बैशाख ३ गतेदेखि सुरु भएको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तिलागुफा नगरपालिकाले उचालेकाे छ ।
जिल्लाका ९ पालिकामध्ये ८ पालिकाको सहभागिता रहेको प्रतियोगितामा तिलागुफा नगरपालिकाले १४ स्वर्ण, ९ रजत, र ८ कास्य गरि कुल ३० पदक प्राप्त गर्दै प्रथम तिलागुफाले राष्ट्रपति रनिङ शिल्डकाे उपाधि हात पारेको हाे ।
प्रतियोगितामा ७ स्वर्ण, ५ रजत, र ५ कास्य पदकसहित कुल १७ वटा पदक प्राप्त गर्दै नरहरिनाथ गाउँपालिका दोस्रो स्थानमा रह्यो भने ४ स्वर्ण, १ रजत, र १ कास्य पदकसहित ६ पदक प्राप्त गर्दै पलाँता गाउँपालिका तृतीय भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, ४ रजत, २ कास्यसहित ८ पदक प्राप्त गर्दै पचालझरना गाउँपालिका चाैथाे र १ स्वर्ण, ५ रजत, ३ कास्य पदक सहित खाँडाचक्र नगरपालिका पाचौं बनेको हाे ।
प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको संयोजनमा आयोजना गरिएको थियो । खेलकुद मार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास गर्दै भविष्यका प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न ट्रयाक तथा फिल्ड खेलहरू, समूहगत प्रतिस्पर्धा र व्यक्तिगत स्पर्धा समावेश थिए ।
आगामी रास्ट्रपति रनिङ शिल्ड नरहरिनाथमा
जिल्लाको पचालझरना गाउँपालिकामा सम्पन्न १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमअन्तर्गत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीको अध्यक्षतामा बसेकाे महत्त्वपूर्ण बैंककले आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना नरहरिनाथ गाउँपालिकामा गरिने निर्णय गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधि र सम्पूर्ण खेलाडीलगायतका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले आगामी खेलकुद कार्यक्रमहरूलाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू गरिएको जनाएको छ ।
बैठकले १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वर्ष नरहरिनाथ गाउँपालिकामा आयोजना गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताउनुभयो । साथै, १५औं कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कालीकोट जिल्लाबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरूलाई पोशाक, यातायात भाडा तथा बन्द प्रशिक्षणको व्यवस्था गरिने पनि स्पष्ट पार्नुभयाे । प्रतियोगितामा सहभागी सम्पूर्ण स्थानीय तहलाई विशेष धन्यवाद ज्ञापन गर्ने निर्णयसमेत सर्वसम्मतिले पारित भएको छ ।
जिल्ला स्तरदेखि प्रदेशस्तरको समन्वयमा खेलकुदको विकास र विस्तारका लागि बैठकले गरेका निर्णयहरू कालीकोटको खेल क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच