
भोजपुर । भोजपुर जिल्लामा युवाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ आयोजना भएको भोजपुर गट ट्यालेन्ट सिजन-२ को फाइनल चरण सकिएको छ । २०८१ भाद्रबाट सुरु भएको पालिकास्तरीय छनौट चरणका प्रतियोगिताबाट छनौट भएका नृत्य, गायन र बक्तृत्वकला प्रतियोगिको फाइनल चरण गरिएको थियो ।
जिल्लामा रहेको डाइमण्ड डान्स क्रु भोजपुरको आयोजनामा भएको फाइनल चरणअन्तर्गत बक्तृत्वकला तर्फ सदरमुकाममा रहेको सगरमाथा बोर्डिङ स्कुलका छात्र दिपान्सु गुरुङ बिजेता बन्न सफल भएका छन् भने अरुण गाउँपालिकाका सविन खत्री फस्ट रनरअप, सोही पालिकाकी सरगम पराजुली सेकेन्ड रनरअप बनिन् । उनीहरुले नगद क्रमशः नगद रु ५० हजार, नगद रु २० हजार र नगद रु १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।
यस्तै गायन विधा तर्फ षडानन्द नगरपालिकाका फुर्वा तामाङ विजयी बनेका छन भने आमचोक गाउँपालिकाकी आरती राई प्रथम रनरअप र साल्पासिलिछो गाउँपालिकाकी एलिशा राई दोश्रो रनरअप भईन । त्यस्तै नृत्य विद्यातर्फ भोजपुर नगरपालिकाको दिप्सना प्रधान बिजेता, अरुण गाउँपालिकाको रेश्मा बराईली फस्ट रनरअप, साल्पासिलिछो गाउँपालिकाको अरुणा तामाङ सेकेन्ड रनरअप, भोजपुर नगरपालिका स्थित पञ्चकन्या मावि बोखिमको टिम तृतीय भएको छ । गायन र नृत्य विधा तर्फ पनि विजेताले क्रमशः ट्रफि, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार, नगद रु २० हजार र नगद रु १० हजार प्राप्त गरेको आयोजक संस्थाका अध्यक्ष सुशन घिमिरेले जानकारी दिए । विजेताहरुले सोक्रममा निर्णायक, गायक, पत्रकारलगायतलाई सम्मानपत्र, कदरपत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
तीनै विधाका विजेताहरुलाई एशिएन लाइफ इन्स्योरेन्स कम्पनीबाट दुई दुई लाख वरावरको जीवन बीमा उपहार प्रदान गरिएको छ । पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, वरिष्ठ पत्रकार निरोज कोइराला, एशियन लाइन इन्स्योरेन्सका प्रतिनिधि ईश्वर श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
सोक्रममा प्रमुख अतिथी पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले जिल्ला तहमा संचालन हुने यस्ता कार्यक्रममा नयाँ पुस्ताले आफनो प्रतिभा उजागर गर्ने अवसर पाएको बताउनुभयो । उहाँले कार्यक्रमका लागि पालिकाको तर्फबाट एक लाख सहयोग गरिने पनि बताउनुभयो । कार्यक्रममा चर्चित गायक तथा संगीतकार अशोक मुकारुङले आफनो सांगीतिक प्रस्तुति समेत दिनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच