
काठमाडौं । मुलुकका विभिन्न जिल्लामा सवारी दुर्घटना, डुबेर र करेन्ट लागेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । ललितपुर, कपिलवस्तु, ताप्लेजुङ, बैतडी, सुनसरी, बर्दिया, सुर्खेत, कञ्चनपुर, सिरहा र बाँकेमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-७ लुभु चाँगाथलीमा बागमती प्रदेश ०१-००३ क ८७३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानका राजन सञ्यालका दुई वर्षीय छोरा प्रजन सञ्यालको घटनास्थलमा मृत्यु भएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका-१ टिक्करमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल सोही स्थानका ६० वर्षीय गौतम केसी तथा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ चाँगामा मे १त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही स्थानका २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका-६ बाङ्गबगरमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको बसबाट खसेर दोगडाकेदार गाउँपालिका-४ कपिन्नाका २७ वर्षीय विष्णुराज भट्ट, सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपियामा कार अनियन्त्रित भई दुर्घटना हुँदा इटहरी-१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते दुई जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
बर्दियाको मधुवन नगरपालिका-३ मा भएको सवारी दुर्घटनामा मधुवन-२ का २८ वर्षीय जानकु थारूको मृत्यु भएको छ,भने एकजना घाइते भएका छन् । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका-३ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका-६ ढक्का चान्देउस्थित मछली खोलामा डुबेर सोही स्थानका ११ वर्षीय सिद्धार्थ विकको मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विकको खोजीका क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । त्यस्तै, सिराहाको सुखीपुर नगरपालिका-२ जगतपुर टोलका दिनेश यादवका चार वर्षीय छोरा धीरोज यादव घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-१ का अमिन दर्जीको घरमा सवामिटर जडान गर्ने क्रममा नेपालगञ्ज-११ का २८ वर्षीय चानबाबु खाँनको मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच